18 April 2024  |   बिहिबार, बैशाख ६, २०८१

घरेलु मदिरा नष्ट अभियान शुरु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, भदौ २७, २०७४  

यान बि.साहु 

सल्यान,  २७ भदौ/ आउँदै गरेको चाड पर्वलाई लक्षित गरी सल्यानको वन्गाड कुपिन्डे नगरपालिकामा प्रहरीले घरेलु मदिरा नष्ट गर्ने अभियान चलाएको छ ।विशेष गरेर चाड पर्वको समयमा यस क्षेत्रमा जाँड, रक्सी जस्ता मादक पदार्थ अत्याधिक रुपमा सेवन गरी होहल्ला गर्ने, झैझगडा गर्ने, जुवातास खेल्ने, समाजमा उच्छृखंल खालका गतिविधिहरु हुने भएकाले यस्तो अभियान सुरु गरिएको ईलाका प्रहरी चौकी सल्लीबजार सल्यानले जनाएको छ ।
पछिल्लो समय यस क्षेत्रमा मदिराजन्य पदार्थ सेवन गरेर विभिन्न अपराधिक गतिविधिहरु बढ्दै गएको पाइएपछि सो अभियान संचालन गरिएको ईलाका प्रहरी
चौकी सल्लीबजार सल्यानका प्रहरी इन्चार्ज चन्द्र कठ्यात बताए ।
इन्चार्ज कठ्यातका अनुसार जाजरकोेट, रुकुम डोल्पा सहित सुर्खेत र सल्यानको केही भाग समेतको प्रमुख नाका सल्लीबजार भएकोले यहाँ विभिन्न खाले अपराधिक गतिविधि, मानव वेचवेखन, लागूऔषध कारवोर जस्ता अवैध कारोवार हुन सक्ने भएकाले सो अभियान चलाइएको हो ।
यो ठाउँ धेरै जिल्लाको मुख्य प्रवेशद्वार भएकाले पनि यसलाई अति संवेदनशिल क्षेत्रका रुपमा हेरिएको छ । यस क्षेत्रमा मदिरा सेवन, जुवातास लगायतका कारण विभिन्न अपराधिक गतिविधिहरु बढ्दै गएपछि प्रहरीले लागुऔषध दुव्र्यसनी र घरेलु मदिराजन्य पर्दाथमा न्युनिकरण तथा पुर्ण वन्देजका उपायहरु खोजीकोे योजना समेत अघि सारेको छ ।
चाडपर्वको समयमा समयंमता अपनाउन र उच्छृखंल खालका कुनै पनि गतिविधि नगर्न प्रहरीले अनुरोध गरेको छ । साथै खुला रुपमा मदिरा वेचवेखन भएको पाएमा तत्काल कारवाही गर्ने समेत वताएको छ । अभियानकै क्रममा नगरपालिकाका विभिन्न वडाहरुबाट घरेलु मदिरा नष्ट गरिएको छ ।

प्रकाशित मितिः मङ्लबार, भदौ २७, २०७४     10:24:48 AM  |