2 October 2023  |   मङ्लबार, अशोज १६, २०८०

एमालेकोे वडा स्तरीय भेला सम्पन्न

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, भदौ २६, २०७४  

कोहलपुर, २६ भदौ, नेकपा एमाले कोहलपुर नगरकमिटीले वडा नम्वर ३ र ४ मा वडा स्तरीय भेला सम्पन्न गरेको छ । जनताको घरमा एमाले भन्ने एक महिने अभियान अन्र्तगत आइतबार कोहलपुरमा बसेको भेलाले टोल कमिटी निर्माण, जन वर्गीय संगठन निर्माण, पार्टीलाई वडा स्तरबाटै चुस्तदुरुस्त बनाउने लगायतका निर्णय समेत गरेको छ ।
भेलामा नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य सुर्य ढकाल, रामकृष्ण विक, जिल्ला कमिटी सदस्य पारस थारु, नारायण थारु लगायतका वक्ताहरुले
आ–आफ्नो भनाइ राखेका थिए । कोहलपुर नगरपालिका–३ का वडा कमिटी अध्यक्ष हरिबहादुर ठकुरीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन वडा नं।३ का वडाध्यक्ष माधव रिजालले गरेका थिए ।

प्रकाशित मितिः सोमवार, भदौ २६, २०७४     11:54:50 AM  |