20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

सफल उद्यमी बन्दै महिलाहरु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, भदौ २३, २०७४  

 

कविन्द्र परियार

कोहलपुर,२३भदौ।

सधै चुलोचौकोमा मात्र सिमित हुनुपर्छ भन्ने मान्यतालाई चिर्दै पछिल्लो समयमा महिलाहरु उद्यमी बन्ने क्रम बढ्दो छ । केही महिलाहरु उद्यम गरेर आत्मनिर्रभर भई अहिले सम्मान पुर्वक जीवन व्यतित गरिरहेका छन् ।
त्यस्तै उदाहरण बनेकी छिन् कोहलपुर ११ हवलदारपुर की किरण रासकोटी विगत ६ वर्ष देखी कपडा तथा सिलाई व्यवसाय सञ्चालन गर्दै आएकी रासकोटी हाल सफल उद्यमी मात्र बनेकी छैनन् थप तीन जनालाई रोजगार समेत दिएकी छन् ।DSC_0180
हवलदारपुर स्थित किरण टेलर्स संचालन गर्दै आएकी रासकोटी मासिक ३० हजार सम्म आम्दानी गर्ने गरेको बताउछिन् । पहिले होटल व्यवसाय संचालन गरेको र यसै सिलसिलामा घरेलु तथा साना उद्योग मार्फत सिलाई कटाई सिकेकी रासकोटी यसै व्यवसाय मार्फत सफल उद्यमी बनेको बताउँछिन ।
एस.एल सी सम्म अध्ययन गरेकी रासकोटीले आफु आत्मनिर्रभर भएपछि अरुको भर पर्नु नपर्ने र सम्मान पूर्वक जीवन व्यतित गर्ने सकिने बताइन् ।
रासकोटी जस्तै सोही स्थानकी ओकी आले पनि सफल उद्यमी बनेकी छिन् ।

उनी कटाई सिलाई व्यवसाय मार्फत आत्मनिर्रभर र सफल उद्यमी बनेको बताउँछिन् । सानैबाट सिलाई कटाई व्यवसायी बन्ने सोच बनाएकी आले अहिले सफल उद्यमी बनेकोमा गर्व महसुस हुने बताउँछिन । अहिले मासिक ३० हजाखर सम्म कमाउछु सजिलै घर व्यवहार चलाएकी छु उनले भनिन् । २०६० सालमा कटाई सिलाईको तालिम लिएर यो व्यवसाय सुरु गरेकी आलेले हाल सम्म ६० जनालाई तालिम दिइसकेको बताइन् ।
त्यस्तै कोहलपुर ११ की सरस्वती विष्ट पनि सर्घषशील र सफल उद्यमी महिला हुन् । चाउमिन तथा सस उद्योग संचालन गरेकी विष्टले पनि ३ जनालाई रोजगार दिएकी छन् । उद्योगबाट मासिक ३० देखी पैतीस हजार आम्दानी हुने गरेको उनको भनाई छ ।
म एकल महिला भएर पनि सफल उद्यमी बन्न सफल भएकी छु
यसमा म सन्तुष्ट र खुसी छु बाँच्नलाई कसैको भर परेको छैन उनले भनिन् । विगत ८ वर्ष देखी चाउमिन उद्योग तथा सस उत्पादन गर्दै आउनु भएकी विष्टले दैनिक २ सय ५० किलो चाउमिन उत्पादन तथा बिक्रि गर्दै आउनु भएको छ । यि प्रतिनिधी पात्रहरु हुन पछिल्लो समयममा थुप्रै महिलाहरु सफल उद्यमी बनिरहेका छन ।

जागिर भन्दा उद्योग संञ्चालन गर्न कम शिक्षाले पनि सजिलै गर्न सकिने भएका कारण पनि उद्यम प्रति महिलाहरुको आर्कषण बढ्दो छ ।
घरेलु तथा साना उद्योग कार्यालय बाँकेका प्रमुख कमल प्रसाद घिमेरेले जिल्लामा दर्ता भएका चार हजार  छ सय उद्योग मध्य करिब दश प्रतिशत उद्योगहरु महिलाको नाममा दर्ता भएको बताए । जिल्लामा सञ्चालन गरिने सिपमुलक तालिममा महिलाको ८० प्रतिशत सहभागीता हुने गरेको छ उनल,े भने गत वर्ष मात्र घरेलु तथा साना उद्योग कार्यालय बाँकेबाट उद्योग संचालनका लागी २२ जना महिलाहरुले बिना धितो ऋण प्राप्त गरेको समेत प्रमुख घिमेरेले बताए ।

 

प्रकाशित मितिः शुक्रबार, भदौ २३, २०७४     11:59:16 AM  |