19 April 2024  |   शनिबार, बैशाख ८, २०८१

मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतमा आईसीयू सेवा सुरु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, साउन २७, २०७४  

स्व. श्रीमानको सम्झनामा कार्कीले गरिन् ४३ लाख सहयोग

२७ साउन, सुर्खेत, । वीरेन्द्रनगरको कालागाउँमा रहेको मध्यपश्चिम क्षेत्रीय अस्पतालमा आईसीयु सेवा सञ्चालनमा ल्याइएको छ ।
थिरकुमारीले करिब ४३ लाखको सहयोगपछि आफूहरु समयमै आईसीयू सेवा स्थापना गर्न सफल भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर डम्बर खड्काले जानकारी दिए ।स्वः नन्दबहादुर कार्कीको स्मृतिमा श्रीमती थिरकुमारी कार्कीको सहयोगमा आईसीयू सेवा सञ्चालनामा ल्याइएको हो ।

बिरामीलाई आफूहरुले अन्य अस्पतालभन्दा कम मूल्यमै आईसीयू सेवा दिने उनले वताए ।‘यस क्षेत्रका बिरामी आईसीयू सेवाका लागि टाढा जानुपर्ने समस्या थियो,’ खड्काले भने, ‘अव यही अस्पतालबाट नै उत्कृष्ट सेवा दिने प्रयास गरिने छ ।’ बिरामीलाई गुनासोरहित सेवा दिन आफूहरु प्रयासरत रहेको उनको भनाइ छ ।

आईसीयू सेवा उद्घाटनपछि बोल्दै क्षेत्रीय प्रशासक महेन्द्रप्रसाद गुरागाईँले क्षेत्रीय अस्पतालबाटै सबै सेवा बिरामीलाई प्रदान गरियो भने सुर्खेतसहित कर्णाली भेगका नागरिकलाई बाहिर जानु नपर्ने बताए ।

पछिल्लो समय मध्यपश्चिम क्षेत्रीय अस्पतालले आफ्नो सेवा सुविधालाई विस्तार गर्दै गएको छ ।

प्रकाशित मितिः शुक्रबार, साउन २७, २०७४     1:34:57 PM  |