23 October 2021  |   आइतवार, कार्तिक ७, २०७८

जिसस बर्दियाको निर्वाचन २९ साउनमा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, साउन २७, २०७४  

बर्दिया, २७ साउन / जिल्ला समन्वय समिति बर्दियाको साउन २९ गते आईतवार हुने निर्वाचनको लागि बिहीबार १८ जनाको उम्मेदवारी दर्ता भएको छ । ९ सदस्यीय समन्वय समितिमा एमाले तथा माओवादीले सयुक्त प्यानल बनाएर र काँग्रसले एक्लै उम्मेदवारी दर्ता गराएको छ ।
जिल्ला समितिका लागि एमाले र माओवादीले समीकरण ग गरी संयुक्त रुपमा र नेपाली कांग्रेसले एकल रुपमा उम्मेदवारी दिएको छ । समीकरण गरेकाले ९ पद मध्ये माओवादीले प्रमुख
सहित ५ पदमा र एमालेले उपप्रमुख सहित ४ पदमा तथा नेपाली कांग्रेसले ९ ओटै पदमा उम्मेदवारी दिएको सहायक निर्वाचन अधिकृत ईन्द्रबहादुर कार्कीले बताए ।
जिल्ला समन्वय समितिको प्रमुखमा नेपाली कांग्रेसका तर्फबाट गुलरिया ६ का सुधांशुप्रकाश शर्माले तथा एमाले र माओवादीको संयुक्त समीकरणबाट बढैया ताल गाउपालिका वडा नम्बर ६ का माओवादी केन्द्रका शंकरप्रसाद थारुले उम्मेदवारी दर्ता गराएका छन् ।
उपप्रमुखमा नेपाली कांग्रेसका तर्फबाट राजापुर ९का ४२ बर्षीय रविन्द्र मल्लले तथा एमाले र माओवादीको संयुक्त प्यानलबाट बारबर्दिया नगरपालिकाका
वडा नम्बर ९ का मानबहादुर बिष्टले उम्मेदवारी दर्ता गराएका छन् ।
सदस्यहरुमा नेपाली कांग्रेसबाट मायाराम खनाल, युवराज श्रेष्ठ, कलमबहादुर बिष्टले उम्मेदवारी दिएका छन् ।
नेकपा एमालेबाट रामसुमेरन यादव, माओवादीबाट सुर्यबहादुर सुनार र काशीराम अधिकारीले उम्मेदवारी दिएका छन् । महिला सदस्यमा नेपाली कांग्रेसबाट
मिना वली, कालिदेवी थरुनी र रेखा भुषाल राईनले र एमालेबाट शान्ति चौधरी तथा माओवादीबाट शान्ति चौधरी, कल्पना चौधरीले उम्मेदवारी दिएका छन् ।
दलित वा अल्पसंख्यक सदस्यमा नेपाली कांग्रेसबाट उर्मीला ताम्राकार तथा माओवादी र एमालेको समीकरणबाट एमालेका धनबहादुर सुनारले उम्मेदवारी दिएका छन् ।
९ सदस्यीय जिल्ला समन्वय समिति एक प्रमुख, एक उपप्रमुख, तीन महिला सदस्य ,तीन खुला सदस्य र एक दलित वा अल्पसंख्यक सदस्य रहने संवैधानिक प्रावधान छ ।

प्रकाशित मितिः शुक्रबार, साउन २७, २०७४     12:35:08 PM  |