19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

डुबेर तीनको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, असार ३०, २०७४  

बर्दिया, ३० असार /  बर्दिया र कैलालीमा पानीमा डुबेर तीन जनाको ज्यान गएको छ । बर्दिया र कैलालीमा भएका दुइ छुट्टा छुट्टै घटनामा पानीमा डुबेर तीन बालकको मृत्यु भएको हो ।
बुधबार साँझ बर्दियाको बढैयाताल गाउँपालिका–३ जोडीपीपलका १२ वर्षीय राजेश महरा र सोही ठाउँका१० वर्षीय पवन महराको चपलनाला तर्ने क्रममा पानीमा डुब्दा दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ । खोलामा बढेको पानीको बेग कारण बच्चाहरू खोला तर्ने क्रममा मृत्यु भएको हुनसक्ने प्रहरीले बताएको छ ।
यस्तै धनगढी उपमहानगरपालिकाको दक्षिणी सीमा नदी मोहनाको त्रिवेणीघाटमा डुबेर बुधबार एक बालकको मृत्यु भएको छ ।
कैलालीको गौरीगङ्गा नगरपालिका–१० स्थायी घर भई धनगढीको क्याम्पस रोडमा रहेको दिदीको घरमा बस्दै आएका १५ वर्षीय विराज चौधरीको मोहना नदीको त्रिवेणीघाटमा बुधबार नुहाउने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
नदीमा डुबेर बेपत्ता भएका बिराजको शव प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा सोही नदीमा फेला पारिएको छ । बुधबार दिउँसो साथीहरूसँगै नुहाउन भनी उनी मोहना नदीतर्फ गएको बताइएको छ ।

प्रकाशित मितिः शुक्रबार, असार ३०, २०७४     12:37:34 PM  |