20 May 2024  |   सोमवार, जेष्ठ ७, २०८१

नेपालगञ्जमा धवल उदाउँदै

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, असार २०, २०७४  

कोहलपुर, २० असार / यो समाचार तयार पार्दा सम्म नेपालगञ्ज उप–महानगरपालिकाको मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका डा. धवल शम्शेर राणा जित नजिक छन् ।
पछिल्लो मतपरिणाम हेर्दा राणा धवल सम्शेरगञ्ज तीन हजार बढी मतान्तरले अग्रता लिइरहेका छन् । उनलाई कांग्रेसका डा. सुरेस कुमार कनोडियाले पछ्याइरहेका छन् ।
स्थानीय तह निर्वाचन घोषणासँगै राप्रपाका नेता राणाको चर्चा सुरु भएको थियो । पछिल्लो संविधानसभा निर्वाचनमा काँग्रेसका तत्कालिन सभापति सुशील कोइरालासँग २ हजारभन्दा कम मतले पराजित राणा २०५४ को स्थानीय निर्वाचनमा एमालेबाट मेयर जितेका थिए ।
चुनावअघिसम्म धेरैले उनले व्यक्तिगत लोकप्रिय मत पाउने र मुख्य प्रतिस्प्रर्धामा आउने आंकलन गरेका थिए । तर, मतगणनापछि भने राप्रपाका नेपालगन्ज नगरमा संगठन समेत बलियो भएको देखिएको छ ।
राप्रपाबाट उम्मेदवार भएका कारण उनले ल्याउने मतमा पर्न सक्ने असरबारेका अनुमान त्यतिबेला गलत ठहरियो जब मतगणना सुरु भयो । संगठन राम्रो भएको भनिएका कांग्रेस, एमाले, माओवादी जस्ता ठूला दललाई समेत राप्रपाले नेपालगञ्जमा पाखा लगाउन सफल भएको छ ।

प्रकाशित मितिः मङ्लबार, असार २०, २०७४     2:56:28 PM  |