9 May 2024  |   बिहिबार, बैशाख २७, २०८१

दुईमा कांग्रेस, एकमा समाजवादी बिजयी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, असार १९, २०७४  

कोहलपुर, १९ असार / बाँकेको दुई वटा स्थानीय तहमा नेपाली कांग्रेसले जित निकालेको छ भने एकमा संघीय समाजवादी फोरम बिजयी भएको छ । राप्ती सोनारी र डुडुवा गाउँपालिकामा अध्यक्ष÷ उपाध्यक्षमा कांग्रेस बिजयी भएको हो भने फोरमले नरैनापुर गाउँपालिकामा जित निकालेको हो ।
राप्ती सोनारीमा नेपाली कांग्रेसका लाहुराम थारुले ८२३६ मत ल्याउँदै अध्यक्षमा बिजयी भएका हुन् । यसैगरी उपाध्यक्षमा नेपाली कांग्रेसकै धनीकुमारी खत्रीले ८२०२ मत ल्याएर विजयी भइन् ।
नरैनापुर गाउँपालिकामा संघीय समाजवादी फोरमका इस्तियाक अहमद शाह अध्यक्ष र उपाध्यक्षमा जयन्तीदेवी श्रीवास्तव निर्वाचित भएकी छन् । शाहले ४,०८० मत प्राप्त गरे भने उपप्रमुखमा श्रीवास्तवले ३,०४४ मत प्राप्त गरे ।
यस्तै डुडुवा गाउँपालिका अध्यक्षमा नरेन्द्रकुमार चौधरी र उपाध्यक्षमा साहिदा बानो निर्वाचित भएका छन् । चौधरीले ४६९१ मत र बानोले ४३१५ मत ल्याएर बिजयी भएका
हुन् ।
कोहलपुर नगरपालिकामा १, २, ३, १३ मा एमालेले बिजयी हासिल गरेको छ भने १४ र १५ मा नेपाली कांग्रेसमा उम्मेदवार बिजयी भएका छन् । कोहलपुरको वडा नं. १ मा गोपी खनाल, २ मा कर्ण बिसी र ३ मा माधव रिजाल निर्वाचित भएका छन् । यस्तै १४ मा कांग्रेसका टेकचन हरिजन बिजयी भएका भने १५ मा कांग्रेसकै पतिराम थारु बिजयी भएका छन् ।
कोहलपुरमा कहिले कांग्रेस र एमालेको तीव्र प्रतिस्पर्धा छ । कहिले एमालेले लिड गर्छ भने कहिले कांग्रेसले लिड गर्ने गरिरहेको छ । तेश्रो स्थानमा भने माओवादी केन्द्र रहेको छ ।
यो समाचार तयार पार्दा सम्म कांग्रेस ३४५५÷३६९४, एमाले ३६७२÷३८४८ र माओवादी २७८७÷२४४२ रहेका छन् ।
यता नेपालगञ्जमा शुरुवाती देखि नै राप्रपाले अग्रता कायम राखेको छ । पछिल्लो मतपरिणाम अनुसार राप्रपाले करिब ३५०० मतले अगाडि छन् । राप्रपालाई नेपाली कांग्रेसले पछ्याइरहेको छ भने माओवादी केन्द्र र एमाले तेश्रो र चौथो स्थानमै छन् ।
जानकी गाउँपालिकामा माओवादी केन्द्रले अग्रता लिएको छ । त्यस्तै खजुरामा एमालेले अग्रता लिएको छ । बैजनाथ गाउँपालिकामा एमालेले अग्रता लिएको छ । यो समाचार तयार पार्दा सम्म एमाले ६०४७÷५९२९, कांग्रेस ४२५६÷४९८२, माओवादी २०५५४÷१७८१ रहेको छ ।

प्रकाशित मितिः सोमवार, असार १९, २०७४     12:26:28 PM  |