19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

मेरो जित नै कोहलपुर बासिको जित हो: मेयरका युवा उम्मेदवार नरेन्द्र न्यौपाने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, असार ६, २०७४  

मलाई काग्रेस एमाले लगायत सबै युवाको साथ छ

 कोहलपुर, ६ असार  / अखिल क्रान्तिकारीका केन्द्रिय अध्यक्ष एंव युवा नेता नरेन्द्र न्यौपाने कोहलपुर नगरपालिका बाट मेयर पदमा प्रत्यासी बनेका छन् ।
न्यौपानेले आईतवार मनोनयन दर्ता गराएका हुन् । आईतवार बिहान बाजागाजा, हजारौको सहभागितामा र्याली सहित न्यौपानेले कोहलपुरमा पहिलो मनोनयन दर्ता गराएका थिए ।  मनोनयन दर्ता पछि बोल्दै लोकप्रिय युवा उम्मेदवार नरेन्द्र न्यौपानेले आफ्नो बिजय सुनिश्चित भएको बताए । उनले आफ्नो बिजय सम्पुर्ण कोहलपुर बासीको बिजय हुने भन्दै न्यौपानेले आफ्नो प्रचार अभियान दिने सबैलाई धन्यवाद समेत दिए । आफ्नो समृद्ध कोहलपुर बनाउने योजनामा काग्रेस एमाले लगायत सबै दलमा आस्था राख्ने , युवा एंव बौद्विक समुदायको साथ रहेको उनको भनाई थियो ।

कतिले गोलाकार भित्रको हसिया हथौडाको झण्डा बोकेर र कसैले झण्डा नबोकिकनै आफुलाई साथ सर्मथन गरि रहेको उनले बताए । कोहलपुरलाई देशकै नमुना नगरपालिका बनाउन सके मात्रै आफु राजनैतिक रुपमा सफल हुने भन्दै उनले कोहलपुर बनाउने आफ्नो अभियानमा लामबद्ध हुन आग्रह समेत गरे ।

कार्यक्रममा बोल्दै माओवादी केन्द्रका कार्यालय सदस्य शक्ति बहादुर बस्नेतले संबिधानले प्रदान गरेको अधिकार लाई गाउ गाउ सम्म लैजान  देश भरिनै नरेन्द्र न्यौपाने जस्तो जुझारु युवाको आवश्यकता रहेको बताए । उनले न्यौपानेको उर्जा र बौद्धिकताको कोहलपुरले भरपुर उपयोग गर्नुपर्ने बताउदै त्यसका लागि गोलाकार भित्रको हसिया हथौडामा मतदान गरी बिजय गराउन सबैलाई आग्रह गरे । न्यौपाने जस्तो जुझारु युवा सम्भावना युक्त सहर कोहलपुर नगरपालिकाको मेयर बने पश्चिम नेपालको नमुना सहर बन्ने उनको दाबि गरे । जुझारु युवा उम्मेदवार न्यौपानेलाई साथ दिन उनले सबै दल सम्बद्ध युवाहरु लाई समेत आह्वान गरे ।                                                                                                – paschimnews

प्रकाशित मितिः मङ्लबार, असार ६, २०७४     12:14:07 PM  |