18 May 2024  |   शनिबार, जेष्ठ ५, २०८१

दुर्घटनामा एकको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, असार ६, २०७४  

कोहलपुर, ६ असार  /राप्तीसोनारी गाउँपालिका १ कुसुम गावर नजिक सोमबार कार दुर्घटना हुँदा एकको मृत्यु भएको छ । साँझ करिब ७ बजे भएको दुर्घटनामा अमन किदवाईको घटनास्थलमै मृत्यु भएको हो । मृतक अमन नेपालगन्ज मेडिकल कलेज नेपालगन्जका निर्देशक एम केदवाईका छोरा हुन् ।
दुर्घटनामा मृतकका भाइ असिम केदवाई र विमर्श अधिकारी घाइते भएका छन् । असिमको नेपालगञ्ज नर्सिङ् होममा र विमर्शको शिक्षण अस्पताल कोहलपुरमा उपचार भैरहेको कोहलपुर प्रहरीले जनाएको छ ।
पूर्वबाट पश्चिम तर्फ आउँदै गरेका ना ५ ख ९१८१ नम्बरको ट्रक र बा ९ च ५९७४ नम्बरको कार ओभरटेक गर्ने क्रममा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः मङ्लबार, असार ६, २०७४     12:04:57 PM  |