24 September 2023  |   आइतवार, अशोज ७, २०८०

बर्दियामा बाजागाजा सहित मनोनयन दर्ता

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, असार ५, २०७४  

बर्दिया, ४ असार / स्थानीय तह निर्वाचनमा उम्मेदवारी मनोनयनको ब्यग्र प्रतिक्षामा रहेका बर्दियाबासीले आइतबार बाजागाजासिहत भब्यरुपमा निर्वाचन कार्यालयमा उम्मेदवारी मनोनयन दर्ता गरेका छन् ।
जिल्लाका ८ वटै स्थानिय तहमा मुख्य दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले र्याली र बाजागाजासहित नाराबाजी गर्दै निर्वाचन कार्यालय पुगेका थिए ।
मनोनयन पत्र दर्ता गर्ने क्रम मतदाता र उम्मेदवार सबै निकै उत्साहित देखिएका थिए । बाजागाजा र र्यालीसहित मनोनयन दर्ता गरेसँगै निकै उत्साह थपिएको उम्मेदवारहरुले प्रतिक्रिया दिएका छन् । दलका उम्मेदवारहरु फुलमाला, खादासहित अबिर दलेर मनोनयन स्थल पुगेका थिए ।
जिल्लामा राजनीतिक दल लगायत विभिन्न स्थानीय तहमा स्वतन्त्र उम्मेदवारले पनि मनोनयन पत्र दर्ता गरेको मुख्य निर्वाचन कार्यालय बर्दियाले जनाएको छ ।
गुलरिया नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसबाट मुक्तिनाथ यादव, उपमेयर सुशीला गिरी, नेकपा एमालेबाट मेयर पदमा हरी ज्ञवाली उपमेयरमा टीका संसेली मगर, माओवादी केन्द्रबाट गेहेन्द्र ढकाल र उपमेयरमा मोहनकुमारी फुँयालले मनोनयन दर्ता गरेका छन् । यसैगरी मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट मेयर पदमा नजमुद्दिन शेष र उपमेयरमा शंखी चौधरी छन् । राष्ट्रिय जनमोर्चाबाट मेयरमा युवराज ढकाल र उपमेयरमा लक्ष्मी पुरीले मनोनयन दर्ता गरेको निर्वाचन कार्यालयले जनाएको छ ।गुलरिया नगरपालिकामा स्वतन्त्रबाट मेयर पदमा अयोध्याप्रसाद श्रीवास्तव र उपमेयरमा हरिनारायण बस्नेत तथा मेराज अहमद सिद्धिकीले मनोनयन दर्ता गरेका छन् ।
यसैगरी ठाकुरबाबा नगरपलिकामा पनि निकै उत्साहजनक रुपमा मनोनयन दर्ता गरिएको छ । ठाकुरबाबा नगरपालिकामा कांग्रेसबाट मेयरमा मक्कुराम चौधरी र उपमेयर लीला भाटको मनोनयन दर्ता भएको छ । नेकपा एमालेबाट मेयरमा घननारायण श्रेष्ठ, उपमेयर वीना भट्राई, माओवादी केन्द्रबाट मेयरमा नेत्रप्रसाद आचार्य र उपमेयर कृष्ण थारु आस्थाले मनोनयन दर्ता गरेका छन् । राप्रपाबाट मेयर श्रीराम थारु र उपमेयर अमृता खड्काको मनोनयन दर्ता भएको छ । देशभतm गणतान्त्रिक मोर्चा नेपालको तर्फबाट मेयर पदमा रामबहादर शाही र उपमेयरमा गंगादेवी नयौपानेले मनोनयन दर्ता गरेका छन् ।
यसैगरी ठाकुरबाबा नगरपालिकामा मेयर पदमा स्वतन्त्र उम्मेदवारका रुपमा खुशीराम थारु र सीताराम बिष्टले मनोनयन दर्ता गरेको निर्वाचन कार्यालयले जनाएको छ ।
बाँसगढी नगरपालिकामा कांग्रेसबाट मेयरमा गंगाधर पौडेल, उपमेयरमा रत्ना चौधरी, एमालेबाट मेयरमा सालिकराम अधिकारी र उपमेयरमा सुष्मा चौधरी, माओवादीबाट मेयरमा विनाराम थारु र उपमेयरमा भूमि विक, राप्रपाबाट मेयरमा रामचरण चौधरी र उपमेयरमा धनादेवी थापाले उम्मेदवारी दिएका छन् ।
बाह्रबर्दिया नगरपालिकामा कांग्रेसबाट मेयरमा परशुराम चौधरी, एमालेबाट रामबहादुर चौधरी, माओवादीबाट दुर्गाबहादुर थारु र राप्रपाबाट हरिश्चन्द्र शाह उम्मेदवार बनेका छन् भने उपमेयरमा कांग्रेसबाट कोपिला गिरी, एमालेबाट पुष्पा वली, माओवादीबाट अन्जु दहित र राप्रपाबाट जयन्ती विष्टले उम्मेदवारी दर्ता गरेका
छन् ।
यस्तै मधुवन नगरपालिकामा कांग्रेसबाट जग्ग प्रसाद पाण्डे, एमालेबाट दुर्गाबहादुर वली, माओवादीबाट गणेश केसी र राप्रपाबाट नरेशजंग शाहले उम्मेदवारी दर्ता गराएका छन् । उपमेयरमा कांग्रेसबाट तुलसी पुन मगर, एमालेबाट हीरा चौधरी, माओवादीबाट शुभरानी थारु र राप्रपाबाट सारदा सिंहले उम्मेदवारी दिएका छन् ।
राजापुर नगरपालिकामा मेयरमा कांग्रेसबाट दिपक जंग शाह, एमालेबाट पहाडी थारु, माओवादीबाट शिवप्रसाद थारु र राप्रपाबाट जिवराज रेग्मीले उम्मेदवारी दर्ता गरेका छन् ।
उपमेयरमा कांग्रेसबाट तारा चौधरी, एमालेबाट कृष्णी चौधरी, माओवादीबाट मनकला चौधरी र राप्रपाबाट रामकली थारुले दर्ता गरेका छन् ।
बढैयाताल गाउँपालिकाको अध्यक्षमा कांग्रेसबाट मनबहादुर बुढा, एमालेबाट लालबहादुर श्रेष्ठ, माओवादीबाट लल्लुराम थारु र राप्रपाबाट कलबहादुर हमालले उम्मेदवारी दिएका छन् भने उपाध्यक्षमा कांग्रेसबाट भगनदैया चौधरी, एमालेबाट दीपा गौतम, माओवादीबाट राधा आचार्य र राप्रपाबाट सीतादेवी पौडेलले उम्मेदवारी दर्ता गरेका छन् ।
यता गेरुवा गाउँपालिकाको अध्यक्षमा कांग्रेसबाट जवानसिंह केसी, एमालेबाट नुतनकुमार चौधरी, माओवादीबाट विश्व थारु र राप्रपाबाट टेकराज थारुले उम्मेदवारी दर्ता गराएका छन् भने उपाध्यक्षमा कांग्रेसबाट हेमकुमारी चौधरी, एमालेबाट मञ्जु शर्मा, माओवादी केन्द्रबाट लिला थारु र राप्रपाबाट सरस्वती चौधरीले उम्मेदवारी दर्ता गराएका छन् ।
मनोनयन दर्ताका क्रममा कतै पनि अप्रिय घटना नभएको निर्वाचन कार्यालयले जनाएको
छ । शंकास्पद गतिविधी गरेको भन्दै शनिबार ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
(बर्दियाबाट सुदीप अधिकारी, रावन विश्वकर्मा र यम घिमिरे)

प्रकाशित मितिः सोमवार, असार ५, २०७४     12:43:56 PM  |