गरिव र विपन्नका लागि एक हजार २० घर छनोट



कोहलपुर, २८ जेष्ठ /  बाँकेमा गरिव र विपन्न परिवारका निशूल्क घर निर्माणका लागि एक हजार २० वटा घर छनोट गरिएको छ । चालू आर्थिक बर्ष २०७३।०७४ को बजेट अनुसार शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय नेपालगन्जले एक हजार २० वटा घर छनोट गरेको हो । बाँकेमा नौँ हजार ६७१ आवेदन मध्येबाट एक हजार जनाको घर छनोटमा परेका हुन् ।
जनता आवास कार्यक्रम जिल्लास्तरीय छनोट समितिले कचनापुरमा २८, खासकुश्मा १६, समशेरगन्ज ३०, गनापुर ५३, कालाफाँटा ३८, मटैया २४, नरैनापुर २२, पुरैनी ५६, प्रिपहवा ३०, नेपालगन्जमा १०८, बेलभार ३६, बेलहरीमा २६ घर छनोट गरेको छ । यस्तै खजुराखुर्द २२, मनिकापुर ३७, साईगाउँ ३७, सीतापुर ३०, बागेश्वरी ३८, बनकटुवा ३३, चिसापानी २४, गंगापुर २५, नौवस्ता ६८, राधापुर ६, रनियापुर ३०, सोनपुर ३२, टिटिहिरिया १७ र उढरापुरमा ९४ घर छनोट भएका छन् । यस्तै गन्र्धव समुदायमा ३५ र बादी घरपरिवारमा २५ घर छनोट भएको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय नेपालगन्जका जनता आवास कार्यक्रम कार्यान्वयन इकाई ईन्जिनियर होमनाथ भुषालले बताए ।
जेठ १ गते जिल्लास्तरीय समितिको घर निर्माण छनोट गरेको र अहिले घर निर्माण समिति निर्माण सूरु भएको भुषालले जानकारी दिए ।
चालू आर्थिक बर्ष २०७३।०७४ मा बाँकेमा एक हजार २० र बर्दियामा एक हजार ३० गरि दुई हजार ५० वटा आवास निर्माण गरिदै छ । बाँकेका राजी, वादी, गन्र्धव, लोध मुस्लिम, मधेशी, पिछडिएका समुदायका लागि जनता आवास कार्यक्रम अन्तर्गत निशूल्क घर बनाउन थालिएको हो ।

  • No tags available
प्रकाशित मिति : २०७४ जेठ २८ गते आइतबार