20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

शिक्षक शसक्तीकरण तालिम सम्पन्न

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, जेष्ठ २८, २०७४  

कोहलपुर, २८ जेष्ठ /  कोहलपुरस्थित पञ्चमुखी माध्यमिक विद्यालयले एक दिने शिक्षक शसक्तिकरण तालिम शनिबार सम्पन्न गरेको छ । तालिममा ३० जनाको सहभागीता रहेको थियो ।
कार्यक्रममा जिल्ला शिक्षा कार्यालयका बाँकेका विद्यालय निरीक्षक जीवन न्यौपाने, रोष्टर प्रशिक्षक बद्री ढकाल, ऋषी शर्मा, विद्यालयका प्रबन्ध निर्देशक किशोरराज मल्ल लगायतहरुले प्रशिक्षण दिएका थिए ।
विद्यालयका निरीक्षक जीवन न्यौपानेले ‘बाल मैत्री शिक्षण विधि आधुनिक शिक्षा, रिसी शर्माले अंग्रेजी भाषा लेखन र विकास, बद्री ढकालले गणित विषय सम्बन्धी शिक्षण व्यवहारिक विधि फरक—फरक पक्षबारे प्रशिक्षण दिएका थिए ।
तालिममा सहभागीलाई विद्यालयतर्फबाट विद्यालयका प्रिन्सीपल टेकबहादुर सुनारद्वारा मायाको चिनो प्रदान गरेका छन् । कार्यक्रम वरिष्ठ लेखा अधिकृत बालकुमार शर्माले संचालन गरेका थिए । (प्रशिक्षार्थी)

प्रकाशित मितिः आइतवार, जेष्ठ २८, २०७४     12:26:21 PM  |