4 March 2021  |   बिहिबार, फाल्गुन २०, २०७७

विद्यालयमा लागु पदार्थ दुव्र्यसनी रोकथाम कार्यक्रम

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, जेष्ठ २४, २०७४  

बाँसगढी, २४ जेष्ठ / बाँसगढी नगर स्तरिय बाल सञ्जालले नगरपालिका भित्रका विभिन्न बिद्यालयहरुमा लागु पदार्थ रोगथाम कार्यक्रम सञ्चालन गरिहरको छ । दिन प्रतिदिन युवाहरु जानेर वा नजानेर लागु पदार्थ दुव्यसनमा फसिरहेकाले लागु पदार्थका बारेमा विद्यार्थीहरुलाई जानकारी दिने उद्दश्यका साथ विभिन्न बिद्यालयहरुमा लागु पदार्थ दुव्यसनी रोगथाम कार्यक्रम सञ्चालन गरिरहेको नगर स्तरिय बाल सञ्चालकी सचिव सिर्जना सुबेदीले बताइन् ।
मंगलबार नेरा माबि बाँसगढी, नेरा माबि लक्ष्मणपुर, त्रिभुवन मावि ककौरा, जनप्रिय माबि दमौलीमा लागु पदार्थ दुव्यसनि रोगथाम कार्यक्रम सञ्चालन कक्षा ७ देखि कक्षा १० सम्मका करिब १ सय ६८ जना विद्यार्थीहरुलाई लागु पदार्थ सम्बन्धी जानकारी दिइएको छ ।
आज बुधबार भृकुटी उमावि डेउढाकला, लालीगँुरास माबि माछागढका कार्यक्रम सञ्चालन गरिने बाल सञ्जालकी सचिव सुबेदीले बताइन् । कार्यक्रममा ईलाका प्रहरी कार्यालय मोतिपुर बाँसगढीका प्रमुख प्रहरी निरिक्षक चक्रबहादुर डम्बर पाल र प्रहरी साहायक निरिक्षक अमित रावलले लागु पदार्थमा फस्नुको कारण, मानव जिबनमा लागु पदार्थ सेवनले पार्ने प्रभाव र असर र यसको रोकथामको लागि के गर्न सकिन्छ भन्ने बिषयमा सहजिकरण गरेका थिए ।

प्रकाशित मितिः बुधबार, जेष्ठ २४, २०७४     12:51:05 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *