20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

खाद्य अधिकार सम्बन्धी तालिम शुरु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, जेष्ठ १८, २०७४  

कोहलपुर, १८ जेष्ठ   / खाद्यअधिकारमा लैङ्गीक समानता खोज्न खाद्यअधिकारकर्मी र पत्रकारबीच बुधबारदेखि नेपालगन्जमा क्षेत्रीयस्तरको तालिम सुरु भएको छ । फियान नेपालको आयोजनामा सुरु तालिममा खाद्यअधिकारमा लैङ्गीक समानता खोज्ने विषयमा छलफल सुरु गरिएको हो ।
खाद्यअधिकारको प्रत्याभूति दिलाउनु राज्यको दायित्व भएको भन्दै सम्वद्धहरुले खान पाउने अधिकारसँगै पोषणयुक्त खानेकुरा सहज र पर्याप्तरुपमा उपलब्ध गराउनु पर्ने धारणा राखेका थिए । खाद्य अधिकारका क्षेत्रमा पत्रकारहरुले समाचारहरु लेखिरहेको तर पनि त्यसलाई सुक्ष्म रुपमा लैगिक समानता र सामाजिक समानता का आधारमा पत्रकारहरुले समाचार लेख्न जरुरी रहेको नेपाल पत्रकार महासंघका बाकेका अध्यक्ष ठाकुरसिंह थारुले बताए ।
त्यस्तै कार्यक्रममा खाद्य अधिकारका मुद्धाहरुलाई नेपालको संविधानमा मौलिक हकका रुपमा स्थापित भएको भन्दै खाध अधिकार भनेको मानव अधिकार भन्दा पनि अझ माथिल्लो दर्जाको रुपमा हनुपर्र्ने फियान नेपालका अध्यक्ष अमर बहादुर ऐरको भनाई रहेको
छ ।
कार्यक्रममा फियान नेपालका अध्यक्ष अमर बहादुर ऐर, फियानका क्षेत्रीय संयोजक सुरेसकुमार गौतम, पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुरसिंह थारुलगायतले बोलेका थिए । तालिममा ८ जिल्लाका पत्रकार र खाद्यअधिकारकर्मीको सहभागिता छ ।

प्रकाशित मितिः बिहिबार, जेष्ठ १८, २०७४     1:50:20 PM  |