20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

मतपत्र च्यातिएको घटनामाथि छानबिन गर्न अनुगमन टोली गठन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, जेष्ठ १५, २०७४  

निर्वाचन आयोगले चितवनको भरतपुर महानगरपालिकामा मतपत्र च्यातिएको घटनाको छानबिन गर्न तीन सदस्यीय अनुगमन टोली गठन गरेको छ ।

आयोगको आजको बैठकले चितवनका मुख्य निर्वाचन अधिकृतले आयोगमा पठाएको प्रतिवेदनका आधारमा घटनाको छानबिन गर्न सहन्यायाधिवक्ता गीताप्रसाद तिमिल्सिना संयोजक रहेको अनुगमन टोली गठन गर्ने निर्णय गरेको हो ।

अनुगमन टोलीका सदस्यमा गृह मन्त्रालयका सहसचिव र प्रहरी प्रधान कार्यालयका प्रहरी नायब महानिरीक्षक रहेका छन् ।

टोलीलाई घटनाको छानबिन गरी १७ जेठभित्र प्रतिवेदन पेस गर्ने समय दिइएको छ ।

टोलीले स्थलगत भ्रमण गरी मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख, मतगणनास्थलमा खटिएका सशस्त्र प्रहरीका टोली प्रमुख र राजनीतिक दलसँगसमेत छलफल गरी प्रतिवेदन पेस गर्नेछ । रासस

– See more at: http://himalkhabar.com/news/3857#sthash.gyONZnYe.p1caQb8E.dpuf

प्रकाशित मितिः सोमवार, जेष्ठ १५, २०७४     5:27:39 PM  |