20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

‘द साइकल सिटी’ कार्यक्रम आज

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, जेष्ठ १५, २०७४  

कोहलपुर, १५ जेष्ठ   / गणतन्त्र दिवसको अवसरमा आज सोमबारदेखि नेपालगन्जमा द साइकल सिटी कार्यक्रम आयोजना गरिने भएको छ ।
नेपालगन्ज जुनियर जेसीज नेपालगन्जको आयोजना तथा नेपालगन्ज उद्योग वाणिज्य संघको सहकार्यमा वातावरण मैत्री, स्वास्थ्य शरीर, पैदल तथा साइकल यात्रीलाई प्रोत्साहनका लागि द साइकल सिटी कार्यक्रम आयोजना गरिन लागेको आयोजकले आज पत्रकार सम्मेलन गरि जानकारी गराएको छ ।
हरेक महिना विभिन्न कार्यक्रमको आयोजना गरि साइकलको महत्व तथा साइकल चलाउँदाका फाइदाबारे आम जनसमुदायमा जनचेतना जगाउने उद्देश्यका साथ नेपालगन्जमा द साइकल सिटी कार्यक्रम गर्न लागेको नेपालगन्ज जुनियर जेसिज २०१५ का अध्यक्ष आकाश कर्माचार्यले बताए ।
¥याली पुष्पलाल चोकदेखि सुरु भई न्युरोड, बसपार्क, त्रिवेणीमोड, त्रिभुवन चोक, विपी चोक, हुदै धम्बोभीमा पुगेर कोणसभामा परिणत हुने अध्यक्ष कर्मचार्यले बताए । ¥यालीमा साइकल यात्रीको भिड देखाउन नेपालगन्जका १० वटा कलेजहरुसंग सहकार्य गरिएको आयोजकले जनाएको छ ।

प्रकाशित मितिः सोमवार, जेष्ठ १५, २०७४     12:46:43 PM  |