20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

दुर्घटनामा एकको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, जेष्ठ ९, २०७४  

कोहलपुर, ९ जेष्ठ  /नेपालगन्जस्थित दंगा नियन्त्रण प्रहरी गण अगाडी धम्बोजी वाटरपार्क जाने भित्री सडकमा दुई मोटरसाइकल एकआपसमा ठोकिदा एक जनाको मृत्यु भएको छ । मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते भएका छन् । नेपालगन्ज १ वाटरपार्कदेखि दंगा नियन्त्रण गणतर्फ आउँदै गरेको भे ५ प ६५२६ नम्बर मोटरसाइकल र धम्बोजीबाट पुष्पलालचोक आउँदै गरेको भे ७ प ११११ नम्बरको मोटरसाइकल आइतबार राती पौने दशबजे चोकमा ठोकिएका थिए ।
मोटरसाईकल एकआपसमा ठोकिँदा भे ५ प ६५६६ नम्बरका चालक नेपालगन्ज ४ का अविशेष सिजापतीको मृत्यु भएको क्षेत्रीय टाफिक प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ । यस्तै भे ७ प ११११ मोटरसाइकल चालक बर्दिया कालिकाका रोशन राणा र पछाडि सवार रोशन सल्मानी गम्भीर घाइते भएका छन् ।
घाइेतेको मेडिकल कलेज नेपालगन्जमा उपचार भैरहेको छ । तीव्र गतिमा रहेका मोटरसाइकल दंगा प्रहरी गुल्म अगाडि चोकमा ठोकिएका हुन् ।

प्रकाशित मितिः मङ्लबार, जेष्ठ ९, २०७४     1:34:49 PM  |