6 March 2021  |   शनिबार, फाल्गुन २२, २०७७

नेपालगञ्जमा ट्राफिक र फोहर व्यवस्थापनमा कडाई गरिँदै

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, बैशाख २३, २०७४  

कोहलपुर, २३ बैशाख /  नेपालगञ्जमा ट्राफिक र फोहर व्यवस्थापनमा कडाई गरिने भएको छ । केही समयदेखि सुस्ताएको अभियान पुनः सुचारु हुने भएको हो ।
नेपालगञ्ज उप–महानगरपालिकाको अगुवाईमा शुक्रबार गरिएको सर्वपक्षिय र सरोकारवालासँगको भेलाले सडक सुरक्षामा कडाई गर्दै फोहर व्यवस्थापनमा पहल कदमी लिइने प्रतिवद्धता जनाएको छ ।
नेपालगञ्ज उप–महानगरपालिका, जिल्ला प्रशासन, भेरी अञ्चल प्रहरी, जिल्ला प्रहरी, जिल्ला ट्राफिकका प्रमुख एवं प्रतिनीधी, सडक विभाग, नेपालगञ्ज उद्योग वाणिज्य वाणिज्य संघ, होटेल व्यवसायी संघ लगायतका सरोकारवालावीचको व्यापक छलफलपछि ट्राफिक व्यवस्थापनमा कडाई गर्दै फोहर व्यवस्थापन गरिने प्रतिवद्धता व्यक्त गरिएको छ ।
उपमहानगरपालिकाका कार्यकारी अधिकृत भीम बहादुर कुँवंरको अध्यक्षता अञ्चल प्रहरी कार्यालयका प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरिक्षक महेश विक्रम शाहको प्रमुख आतिथ्यतामा बसेको बैठकमा सडक विभाग, ट्राफिक प्रहरीसँगको समन्वयमा सडक पार्किङ स्थानको पहिचान गरि उचित व्यवस्था गर्ने र फोहर व्यवस्थापनका लागि सूचना जारी गरी फोहर नगर्न अपील गर्ने निर्णय गरिएको छ ।
ट्राफिक, फोहर र पशु व्यवस्थापनका लागि व्यापाक प्रचार प्रसार र सूचित गर्ने यदि एकहप्तापछि पनि कहीं कतैबाट अटेर गरिएमा कानून वमोजिम कारवाही गरिने सम्मको तयारी उपमहानगरपालिकाले गरेको छ । जथाभावी फोहर गरिदिनाले नगर कुरुप भएको भन्दै कडाईका साथ प्रस्तुत हुन र पूर्ण रुपमासहयोग रहने सरोकारवाला संघ संस्थाका प्रतिनीधीले प्रतिवद्धता दोहो¥याएका छन् ।
वरिष्ठ प्रहरी उपरिक्षक शाहले उपमहानगरपालिकाको अभियानमा प्रहरीको पूर्ण साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त
गरे । यस्तै नेपालगञ्ज उद्योग वाणीज्य संघका अध्यक्ष नन्दलाल वैश्यले सवैलाई सूचित गरेर अभियान थाल्नु पर्नेमा जोड दिदै यसको सफलता र प्रभावकारिताका लागि सबैको सहयोग लिन सक्नुु पर्ने आवश्यक्ता औंल्याए ।
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर खड्काले ट्राफिक र फोहर मानवीय सुरक्षासँग जोडिएको विषय भएको भन्दै व्यवस्थापनमा सरोकारवाला निकाय पन्छिन नमिल्ने बताए ।
उपमहानगरपालिकाका कार्यकारी अधिकृत कुवरले सवैसँगको समन्वय र सहयोगमा सडक र नगर व्यवस्थित र सुन्दर बनाइने बताएका छन् ।
कार्यक्रममा उपमहानगरपालिकाका बातावरण इन्जिनियर प्रकाश डाँगी, क्लीन नेपालगञ्ज ग्रीन नेपालगञ्ज अभियानका संयोजक डा विनोद कर्ण लगायतले सल्लाह सुझाव दिएको उपमहानगरपालिकाका पे्रस सल्लाहकार शुक्रऋषि चौलागाईले जानकारी दिए ।

प्रकाशित मितिः शनिबार, बैशाख २३, २०७४     12:42:32 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *