डिल्ली शाही,बैशाख २३ / प्रभु बैंकले शुक्रबार कोहलपुरस्थित लक्ष्मी उच्च माविका छात्रछात्राहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । विद्यालयमा सामाजिकरण उत्तरदायित्व कार्यक्रम गर्दै प्रभु बैंकले अपाङ्ग, असहाय तथा गरिब २० जना छात्रछात्राहरुलाई कापी, कलम लगायतका शैक्षिक सामग्री र पोषाक वितरण गरेको हो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष रामसिंह बि.क., प्रभु बैँक कोहलपुर शाखा प्रमुख विष्णु पौडेल लगायतको उपस्थिति रहेको थियो ।
विद्यालयका व्यवस्थापक समितिका अध्यक्ष जिलेदार थारुको सभापतित्वमा भएको कार्यक्रमको संचालन शिक्षक धर्मराज गिरीले गरेका थिए ।
प्रकाशित मिति : २०७४ वैशाख २३ गते शनिबार









प्रतिक्रिया दिनुहोस्