24 September 2023  |   सोमवार, अशोज ८, २०८०

हुलाकी सडकको काम धमाधम

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, बैशाख १९, २०७४  

कोहलपुर, १९ बैशाख / बाँकेको राप्तिपारी हुलाकी सडक परियोजनाले धमाधम काम शुरु गर्न थालेपछि स्थानियबासीहरु खुसी भएका छन् । हुलाकी सडक परियोजनाले पहिलो चरणमा सिमांकन छुट्टाउने र माटो पटानको काम शुरु गरेपछि अब हुलाकी सडकले पूर्णता पाउनेमा त्यस क्षेत्रका बासीन्दाहरु आशावादी बनेका छन् ।
बर्षायाममा सदरमुकाम नेपालगन्जसंग समेत सम्पर्कबिहीन हुने बघौडामा हुलाकी सडक निर्माणको काम धमाधम रुपमा हुन थालेपछी त्यस क्षेत्रका बासीन्दाले आफनो क्षेत्रमा राज्यको उपस्थितिको महशुस गर्न थालेका छन् ।
आफ्नो क्षेत्रमा हुलाकी सडक बन्ने भएपछी सामान्य कामका लागि पनि भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता बाट मुक्ति पाइने विश्वास छ कालाफाँटाका अब्दुल कैयुँमलाई । हुलाकी सडक परियोजनाले सडक वरिपरि सिमा छुट्टाउने क्रममा थुप्रै पक्कि संरचना भत्काउन पर्ने भएपनि सडक बन्ने भएपछी स्थानीयहरु आफना पक्कि संरचना भत्काएर परियोजनालाई सहयोग गरिरहेका छन् । सडक बने लगत्तै बिजुली खानेपानी लगायतका सुविधाहरु पाउनेमा त्यहाँका स्थानियहरु आशावादी बनेका छन् । अहिलेसम्म झेल्दै आएका दुख कष्ट हुलाकी सडक बनेपछि आफुहरुले भोग्नु नपर्ने बताउँछन् । हुलाकी सडक परियोजनाले नेपालगन्जको पुष्पलालचोक देखि बघौडा र बैजापुर हुँदै अगैया जोड्ने सडक निर्माण कार्य धमाधम शुरु गरेको छ ।

प्रकाशित मितिः मङ्लबार, बैशाख १९, २०७४     12:36:09 PM  |