2 October 2023  |   मङ्लबार, अशोज १६, २०८०

हतियार बुझाउन समय थप

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, चैत्र २७, २०७३  

कोहलपुर, २७ चैत्र  / जिल्ला प्रशासन कार्यालय बाँकेले लाईसेन्स प्राप्त हतियार बुझाउन समय थप गरेको छ । बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन लक्षित गर्दै अनुमति प्राप्त हतियार बैशाख ५ गतेसम्म बुझाउन समय थपेको हो ।
चैत २४ गते समय अवधिमा सबै हतियार प्रशासनमा संकलन नभएपछि १० दिन समय थपिएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले बताए । केही व्यक्तिले एक महिनाको समयमा हतियार नबुझाएकोले सूचना थपिएको उनले भने । अनुमती प्राप्त साना हतियार प्रहरी र प्रशासनमा जम्मा नभएको प्रशासनको भनाई छ ।
२०७४ बैशाख ५ गतेसम्म लाईसेन्स प्राप्त हतियार प्रशासन वा नजिकको प्रहरमिा बुझाउन आग्रह गरेको गरिएको छ । यो अवधिमा हतियार नबुझाए
कानुन बमोजिम कारवाही गरिने बताएको छ ।

प्रकाशित मितिः आइतवार, चैत्र २७, २०७३     2:01:02 PM  |