मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, फाल्गुन २७, २०७३
कोहलपुर, २७ फागुन / भारतीय हस्तक्षेपको विरोधमा कोहलपुरमा विरोध कार्यक्रम गरिएको छ । जनमोर्चाको केन्द्रीय कार्यक्रम अनुसार कोहलपुरमा पनि विरोध कार्यक्रम गरिएको हो । विहिबार कञ्चनपुरको सीमा क्षेत्र पुनर्वास नगरपालीका स्थित वडा नं. ८ मा भारतीय सुरक्षा बलले गोली हानी निर्दोष नेपाली गोविन्द गौतम हत्या गरेपछि जनमोर्चाले विरोध जनाएको हो । कोहलपुर चौराहामा गरिएको कार्यक्रममा राष्ट्रिय जनमोर्चा बाँके अध्यक्ष गौरीलाल कार्की, सल्लाहकार भिम प्रसाद देवकोटा, कर्णाली बचाउ राष्ट्रिय अभियानका केन्द्रीय अध्यक्ष भरत बहादुर शाही लगायतको उपस्थिति थियो ।