29 November 2023  |   बिहिबार, मंसिर १४, २०८०

माओवादीको नगरअधिवेशन सम्पन्न

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, फाल्गुन २५, २०७३  

कोहलपुर, २४  फागुन  / माओवादी केन्द्र कोहलपुर नगर समितिको प्रथम अधिवेशन सम्पन्न भएको छ । मंगलबार सम्पन्न अधिवेशनले ५५ जनाको नयाँ कमिटि निर्वाचित गरेको छ ।
निर्वाचित हुनेमा भुपराज भण्डारी, दशरथ पराजुली, लालमणी भण्डारी, टंकप्रसाद बस्याल, तेजप्रसाद चापागाई, टंक लामिछाने, राजेन्द्र विष्ट, गोपाल प्रसाद अधिकारी, टर्क बहादुर शाही, दधिराम सापकोटा, कृष्णबहादुर थारु, रामजीवन थारु, तिरथराम थारु, गिता शाही, जानकी थरुनी, सुशिला चौधरी, किरण चौधरी, मो. फारुक गुज्जर, पूर्णबहादुर सुनार, भीमबहादुर परियार, गोविन्द दमाई, कौशिला सुनार, तारा बिक लगायत छन् ।
मतदान प्रक्रियामा सहभागीहरु मध्ये खुल्ला र समावेशी गरी ५५ जना सदस्यहरु समितिमा निर्वाचित भएका हुन् । नगरभित्रका सबै वडाबाट छानिएर आएका प्रतिनिधीहरुमध्ये चुनावी प्रक्रियाबाट ५५ जनालाई छनौट गरिएको हो ।
चुनावी प्रक्रियाबाट छनौट भएका ५५ जना सदस्यहरु मध्येबाट ५ जना पदाधिकारी चयन गरिने प्रथम नगर सम्मेलन निर्वाचन कमिटीका सदस्य भीम रावतले जानकारी दिए ।

प्रकाशित मितिः बुधबार, फाल्गुन २५, २०७३     11:57:02 AM  |