20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

गाभर भ्यालीमा खानेपानी व्यवस्थापनका समिति गठन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, फाल्गुन २४, २०७३  

कोहलपुर, २४  फागुन  / बाँकेको पर्यटकीय क्षेत्र गाभर भ्यालीमा खानेपानी ब्यवस्थापनका लागि खानेपानी तथा सरसफाई उपभोक्ता समिति गठन गरिएको छ । गाभर भ्यालीका गंगादत्त जैशीको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरिएको हो ।
समितिको सचिवमा प्रवेश शाह, कोषाध्यक्ष सरिता रोकाय, सदस्यहरुमा कृष्ण बहादुर चौधरी, शुर विक्रम शाह, दिल बहादुर शाह, पुतली शाह, निर्मला सुनार, खड्ग बहादुर रावल, टिप बहादुर चन्द रहेका छन् ।
चिसापानी गाविसको गाभर भ्याली वडा नं. ७, ८ र ९, च्यामा गाउँ वडा नं. १ र २ गरी गाविसको ५ वटा वडालाई लक्षित गरी खानेपानी उपभोक्ता समिति गठन गरिएको हो । झण्डै ६ सय घर धुरी रहेको उक्त क्षेत्रमा खाने पानीको अभाव रहेकाले खानेपानी व्यवस्थापन गर्न समिति गठन गरिएको अध्यक्ष जैशीले बताए । पर्यटकीय क्षेत्रको ब्यवस्थापनसँगै सहज रुपमा पानी व्यवस्थापन गर्नसके पर्यापर्यटनको विकासमा टेवा पुग्ने समितिले जनाएको छ ।

प्रकाशित मितिः मङ्लबार, फाल्गुन २४, २०७३     1:32:27 PM  |