मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, फाल्गुन २४, २०७३
कोहलपुर, २४ फागुन / कोहलपुरमा सोमबार माटो परिक्षण गरिएको छ । ज्ञानोदय सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र, कृषि सेवा केन्द्र कोहलपुर र क्षेत्रिय माटो परिक्षण प्रयोगशाला खजुरा बाँकेको संयुक्त आयोजनामा माटो परीक्षण गरिएको हो । ३५ जना किसानले माटो परीक्षण गराएको आयोजकले जनाएको छ । माटो परीक्षणका क्रममा माटो नुनिलो बन्दै भेटिएको छ ।
ब्यवसायिक किसानहरुको आवश्यकतालाई ध्यानमा राखेर माटो परीक्षण कार्यलाई तीव्रता दिइएको क्षेत्रिय माटो परीक्षण प्रयोगशाला खजुराका प्रमुख टंक बहादुर कार्कीले बताए । किसानहरुले माटो परीक्षण नगरी मलखाद् प्रयोग गर्ने गरेकाले भन्ने जस्तो अन्नबाली उत्पादन हुन नसकेको भन्दै प्रत्येकले आफ्नो जगगाको माटो परीक्षण गर्नु आवश्यक रहेको उनको भनाई छ ।
सो क्रममा कृषकहरुलाई मलको परिमाण, बाली लगायतका बारेमा जानकारी गराइएको उनले बताए ।