19 August 2022  |   शुक्रबार, भदौ ३, २०७९

थपियो कोहलपुर महोत्सव

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, फाल्गुन १६, २०७३  

कोहलपुर, १६ फागुन / कोहलपुर, १६ फागुनकोहलपुर पर्यटन महोत्सव एक दिन थप गरिएको छ । दर्शकहरुको आग्रहलाई स्वीकार गर्दै एकदिनका लागि महोत्सव थप गरिएको आयोजकले जनाएको छ । महोत्सव संचालन यता दिनहुँ राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुतीले दर्शकहरुको मन जित्दै गएको छ ।
यसैबिच महोत्सवको दशौं दिन (आइतबार) सम्म एक लाख बढी दर्शकले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा महोत्सव अवलोकन गरेको आयोजकले जनाएको छ । फागुन ६ गतेदेखि संचालनमा आएको महोत्सवमा बाँके, बर्दिया लगाएत जिल्लाका दर्शकहरुको उल्लेख्य सहभागिता रहेको महोत्सव आयोजक मुल समारोह समितिका संयोजक रुद्र खनालले जानकारी दिए ।
महोत्सवको १० औं दिनसम्म अनुमानित ५० लाख बढीको कारोबार भएको खनालले बताए । महोत्सव संचालनबाट स्थानीय उत्पादनको ब्यापक प्रबद्र्धन हुनका साथै ब्यापार ब्यवसायमा समेत बृद्धि भएको आयोजकले दाबी गर्दै आएको छ । महोत्सवमा ब्यवसायीक स्टलहरुका अलावा होटल, राष्ट्रिय तथा अन्तराष्ट्रिय ब्राण्डहरुको समेत स्टल राखिएको छ ।
यसैबीच आइतबार चर्चित गायक मिलन लामा, लोकगायीका टिका पुन लगाएतले आप्mनो प्रस्तुती दिएका थिए । यस क्षेत्रकी चेली टिका पुन छोटो समयमै राष्ट्रिय स्तरमा चर्चा कमाउन सफल गायीका हुन् भने मिलन लामा गायन क्षेत्रमा चर्चित नाम हो । आइतबार कोहलपुरे दर्शकहरुले यी दुई चर्चित कलाकारहरुलाई प्रत्यक्ष रुपमा अवलोकन गर्न त पाए नै अझ बढी उनका गितहरुबाट मनोरञ्जन लिए ।

प्रकाशित मितिः सोमवार, फाल्गुन १६, २०७३     12:51:02 PM  |