हकहित संरक्षणका लागि संयन्त्र गठन



कोहलपुर, ५ फागुन / होटल व्यवसायीहरुको हकहित संरक्षणका लागि संयन्त्र गठन गरिएको छ ।
नेपालगञ्ज, बर्दिया, सुर्खेत र कोहलपुरका होटल व्यवसायी संघका पदाधिकारीको एक भेलाले बलराम भट्टराईको संयोजकत्वमा ९ सदस्यीय संयन्त्र गठन गरेको
हो ।
जसको सदस्य सचिव विश्वराज खनाल, सदस्यहरु तुल्सी तिमिल्सेना, निम बहादुर थापा, भिमलाल कँडेल, उदय बहादुर शाही, राम बहादुर बोहरा, चक्र घर्ती, जगतजङ बुढाथोकी रहेका छन् ।
संयन्त्रले आगामी दिनमा होटेल व्यवसायीहरुलाई आइपरेका समस्यालाई संयुक्त रुपमा समाधान गर्ने संयोजक भट्टराई जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७३ फागुन ५ गते बिहीबार