17 May 2021  |   सोमवार, जेष्ठ ३, २०७८

प्रधानाध्यापक र शिक्षकलाई प्रशिक्षण

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, फाल्गुन ५, २०७३  

बाँसगढी, ५ फागुन /शिक्षक किताब खाना ताहचल काठमाडौंका महानिर्देशक शेरबहादुर ढुंगानाले बाँसगढी र ककौरा स्रोत केन्द्र अन्तगर्तका प्रअ र स्थायी शिक्षकहरुलाई प्रशिक्षण दिएका छन् । महानिर्देशक ढुगांना बर्दिया आएको अवसरमा शिक्षक महासँघ बर्दियाको पहलमा नेपाल राष्ट्रिय माध्यामिक बिद्यालय बाँसगढीमा आयोजित कार्यक्रममा बुधबार प्रअ तथा शिक्षकहरुलाई प्रशिक्षण दिए ।
प्रशिक्षणको क्रममा महानिर्देशक ढुंगानाले देशभरीमा बिद्यालयमा अध्यापन गराउने शिक्षकहरुलाई आफ्नो अभिलेखका बिषयमा, अभिलेखको महत्व, अभिलेखको तथ्यता, अभिलेखले पार्ने सुबिधाका बिषयमा प्रष्ट रुपमा जानकारी गराएका थिए । उनले जिल्ला, शिक्षा कार्यालय, स्रोत केन्द्र र कतिपय बिद्यालयमा पनि गएर जानकारी दिने उद्देश्यले बाँसगढीमा पनि आएको बताए । नगर शिक्षा समितिका संयोजक तथा बाँसगढी नगरपालीकाका कार्यकारी अधिकृत बखतबहादुर खड्काले प्रशिक्षण कार्यक्रमले आफुहरुलाई पनि सहज बनाउन सहयोग पुगेको बताए ।
कार्यक्रममा सहभागी शिक्षक महासंघ बर्दियाका अध्यक्ष नवराज ढुंगानाले शिक्षकहरुले पाउने सेवा सुविधाका विषयमा, आफुहरुले विभिन्न अभिलेख नमिलेका कारणले पाउनु परेका दुःख र समस्याहरुलाई निराकरण गर्ने विषयमा प्रशिक्षण पाएको बताए ।
त्यस्तै प्रशिक्षण कार्यक्रममा सहभागी नेपाल राष्ट्रिय माध्यामिक बिद्यालय बाँसगढीका प्रधानाध्यापक निराजन चापाँगाईले शिक्षकहरुका पेशा र तथ्यांक, उपदान, पेनशन लगायतका बारेमा जानकारी पाएको र सानो सानो कुरामा अल्मलिने समस्या प्रशिक्षणले टारेको बताए ।  कार्यक्रममा शिक्षक किताव खानाका शाखा अधिकृत दिव्यश्वर थापा, नेपाल शिक्षक सँघ बर्दियाका अध्यक्ष नारायण शर्मा, शिक्षक संगठनकी केन्द्रिय सदस्य अम्बीका चापागाँई, बाँसगढी र ककौरा स्रोत केन्द्रका प्रअ तथा स्थायी शिक्षकहरु गरी करिव १ सय भन्दा बढीको सहभागीता रहेको शिक्षक फणेन्द्र प्रसाद ढंगानाले जानकारी दिए ।

प्रकाशित मितिः बिहिबार, फाल्गुन ५, २०७३     12:07:25 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *