23 September 2023  |   शनिबार, अशोज ६, २०८०

मप विश्वविद्यालयमा अनिश्चितकालिन तालाबन्दी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, भदौ २१, २०७३  

खेमराज वली
सुर्खेत, भदौ २१
वीरेन्द्रनगरमा रहेको मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा पुनः अनिश्चितकालिन तालाबन्दी भएको छ । गत १२ गते सम्पन्न भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा संस्थागत धाँधली भएको भन्दै संयुक्त विद्यार्थी संगठनहरुले सोमबार अनिश्चितकालिन तालाबन्दी गरेका हुन् ।
विद्यार्थीहरुले आइतबारसम्म निश्पक्ष छानविनका लागि भन्दै अल्टिमेटन दिएपनि मप विश्वविद्यालयका पदाधिकारीहरुले वास्था नगरको भन्दै आफूहरुले अनिश्चितकालिन तालाबन्दी गरिदिएको विद्यार्थीहरुले बताएका छन् । निर्वाचनको घोषणा भएदेखि नै पदाधिकारीहरुले अवैज्ञानिक ढंगबाट विषयबस्तुहरु ल्याएर आफू निकटका मान्छेलाई विजयी गारएको विद्यार्थीहरुको आरोप छ ।

14273408_1082199141893362_43324139_o
विश्वविद्यालयका पदाधिकारीहरुले नै स्ववियु निर्वाचनमा आफू निकटका मान्छेहरुलाई विजयी गराउनका लागि शिलबन्दी गरेका मतदाता परिचयपत्रहरु निर्वाचनको दिन वितरण गरेको विद्यार्थीहरुको भनाई छ । आफूहरुले निर्वाचनमा संस्थागत धाँधली भएको भनी निश्पक्ष रुपमा छानविन गर्न माग गर्दा पनि वास्था नगरेपछि अनिश्चितकालिन तालाबन्दी गरिदिएको अखिल क्रान्तिकारीका तर्फबाट अध्यक्षका उम्मेदवार बनेका राजेन्द्र बुढाले बताए । उनले विश्वविद्यालयका पदाधिकारीहरुले वास्था नगरेर गैरजिम्मेवार बने निरन्तर आन्दोलन गर्ने बताए । यस्तै अनेरास्ववियका तर्फबाट अध्यक्षका उम्मेदवार बनेका प्रभात पोख्रेलले विश्वविद्यालयका पदाधिकारीहरुले सुरुदेखि नै विद्यार्थीभर्ना, नामावली प्रकाशन, संगठन दर्ता, मतदाता परिचय पत्र निर्माण र मतदानमा समेत संस्थागत धाँधली गरेको आरोप लगाए । उनले निश्पक्ष रुपमा निर्वाचन स्वीकार गर्न सकिने भएपनि यस्तो संस्थागत रुपमा धाँधली भएको निर्वाचनको परिणाम स्वीकार नगर्ने बताए । यस्तै अखिल (क्रान्तिकारी) का तर्फबाट सचिवका उम्मेदवार बनेका रबी के.सी.ले विश्वविद्यालयका पदाधिकारीहरुले नै गैरजिम्मेवार ढंगबाट काम गरिरहेको र निर्वाचन आफ्नो पक्षका मान्छेको पोल्टामा पार्न चलखेल गरेको भन्दै संयुक्त विद्यार्थी संगठनको घोर भत्र्सना सहित तालाबन्दी सम्म गर्न बाध्य भएको बताए । के.सी.ले आफूहरु विद्यार्थीहरुको माझबाटै आन्दोलनमा उत्रिएको भन्दै स्ववियु निर्वाचनको विषयलाई निश्पक्ष रुपमा छानविन नगरिए कडा रुपमा आन्दोलन गर्ने चेतावनी
दिए ।

प्रकाशित मितिः मङ्लबार, भदौ २१, २०७३     1:33:27 PM  |