24 September 2023  |   सोमवार, अशोज ८, २०८०

करेन्ट लागेर मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, साउन ३१, २०७३  

कोहलपुर, साउन ३१
करेन्ट लागेर नेपालगन्जमा एक सामाजिक कार्यकर्ताको मृत्यु भएको छ । शनिवार राति आफ्नै घरमा करेन्ट लागेर नेपालगन्ज–१३ का ४६ वर्षीय नयनसिंह रावलको मृत्यु भएको हो । शौचालय जाने क्रममा बिजुलीको तार जोड्दा उनलाई करेन्ट लागेको पारिवारीक स्रोतले जनाएको छ । लागूऔषधविरुद्धको अभियानमा लागेर कूलतमा फेसका युवाहरुलाई रिकभरी नेपाल र चेन्ज टीममार्फत उनले सुधार गर्दै आएका थिए । राति करीब ९ बजेतिर उनलाई करेन्ट लागेकोमा उपचारका लागि शिक्षण अस्पताल नेपालगन्ज पु¥याएपछि मृत घोषणा गरेको थियो ।

प्रकाशित मितिः सोमवार, साउन ३१, २०७३     11:37:34 AM  |