भाडादर अमान्य भन्दै यातायात सेवा बन्द



सुर्खेत, साउन २०
छिन्चु जाजरकोट सडक खण्डमा सञ्चालनमा रहेका दर्जनभन्दा बढी यातायात व्यवसायीले सरकारले तोकेको भाडादर अमान्य भन्दै बुधबारदेखि अनिश्चितकालिन यातायात सेवा बन्द गरेका छन् । सरकारले यही साउन ४ गते देखि लागु हुने गरी प्रति किमि २.५० रुपैंयाको दरले भाडा समायोजन गरेको थियो । सरकारले कायम गरेको उक्त दर गाडि व्यवसाय धरासायी बनाउने खेल भएको भन्दै उक्त नियम अमान्य भनी चरणबद्ध आन्दोलनमा उत्रिएको बताइएको छ । उनीहरुले स्कारले उक्त निर्णय नसच्याए सम्म यातायातका साधन बन्द गराउने चेतावनी दिएका छन् । जाजरकोट देखि नेपालगञ्ज सम्म यातायात व्यवसायीले ९ सय रुपैयाँ भाडादर कायम गरेका थिए तर यता सरकारले ४ सय ६५ रुपैयाँका दरले भाडा समायोजन गरेको थियो । सरकारले पनि बैज्ञानिक भाडादर कायम गर्दा स्थानिय काउन्टर र स्थानिय प्रहरी प्रशासनलाई जानकारी स्वरुप पत्राचार गरेको थियो । यात्रुहरुले भने सरकारले निर्धारण गरेको भाडादर नै उत्तम भएको भन्दै सरकारको निर्णय प्रति खुसी भएका छन् । छिन्चु जाजरकोट सडक खण्डमा सञ्चालन हुने सम्पुर्ण यातायातका साधान बुधबार बिहानै देखि ठप्प रहेका छन् । यातायातका साधन नचल्दा यात्रुहरु बीच बाटोमा नै अलपत्र परेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७३ साउन २० गते बिहीबार