मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, साउन १९, २०७३
कोहलपुर, साउन १८
बाँके प्रहरीले लागू औषध नियन्त्रणको लागि सीमा क्षेत्रमा खटाएको तालिम प्राप्त कुकुर ‘डग स्क्वाड’ ले पहिलो दिनमा नै ६ जना लागू औषध प्रयोगकर्तालाई नियन्त्रणमा लिन सफल भएको जनाएको छ । जमुनाह नाकामा ‘डग स्क्वाड’ ले चेकजाँच गर्दा छ जनाको साथमा सेवन गर्नको लागि राखेको अवस्थामा ८ ग्राम गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेका मुद्दा शाखाका ईन्चार्ज प्रहरी निरीक्षक विरबहादुर थापाले जानकारी दिए । उनले दिएको जानकारी अनुसार ‘डग स्क्वाड’बाट खटाइएको जमुना नामको कुकुरले सो गाँजा पत्ता लगाएको हो ।