समाजको रक्तदान



कोहलपुर, साउन ९
अछामी सेवा समाज कोहलपुर शाखाले शनिबार रक्तदान कार्यक्रम गरेको छ । ११ औं वार्षिकोत्सवका अवसरमा समाजले रक्तदान कार्यक्रम गरेको हो । कोहलपुरमा गरिएको कार्यक्रममा ३७ जनाले रक्तदान गरेको समाजका अध्यक्ष तिलकबहादुर शाहीले जानकारी दिए ।  त्यस्तै अछामी सेवा समाज नेपालगञ्जले पनि रक्तदान कार्यक्रम गरेको छ । त्यहाँ ५० जनाले रक्तदान गरेको आयोजकले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७३ साउन ९ गते आइतबार