24 September 2023  |   सोमवार, अशोज ८, २०८०

ब्राउनसुगर सहित दुई पक्राउ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, असार १०, २०७३  

कोहलपुर , असार १०
लागूऔषध ब्राउनसुगर सहित दुई जना पक्राउ परेका छन् । भारतबाट ब्राउनसुगर ल्याई कोहलपुरमा डिलरका रुपमा कारोबार गर्ने कोहलपुर ११ का ४० वर्षिय खितन थारु र कोहलपुर ८ पिपरीका ३१ वर्षिय नारायण श्रेष्ठलाई बिहीबार कोहलपुर पीपलचौताराबाट पक्राउ गरिएको कोहलपुर प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट २२ पुरिया ब्राउनसुगर, करिब दुईहजार नगद, एक अमेरिकन डलर, मोबाईलहरु बरामद गरिएको छ । विशेष सुराकीका आधारमा उनीहरुलाई पक्राउ गर्न सफल भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक नवराज पोखरेलले जानकारी  दिए । उनका अनुसार पक्राउ परेका आरोपीहरुले ब्राउनसुगर भारतबाट ल्याई कोहलपुरमा डिलरका रुपमा कारोबार गरिरहेका थिए ।

प्रकाशित मितिः शुक्रबार, असार १०, २०७३     8:22:58 AM  |