मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, बैशाख १४, २०७३
खगेन्द्र दाहाल
कोहलपुर, बैशाख १४
बाँके बनकट्टीका किसानले लगाएको तर्वुजाका लहराको टुप्पो सुक्ने, हाँगा निस्कने ठाउँमा खैरो हुने र फुट्ने समस्या देखिएको छ । गर्मी बढेसंगै किसानले लगाएका तर्वुजा खेतीमा यस्तो समस्या देखिएको हो ।
बनकट्टीको ७ र ८ वडाका बगरमा लगाइएको करिब एक सय बिगाहा क्षेत्रफलमा समस्या देखिएपछि किसान चिन्तामा परेका छन् । बनकट्टीका ५ वटा कृषक समूहले गर्दै आएको तर्वुजा खेती सबैमा यस्तो समस्या देखा परेको कृषक मक्सुद खाँले जानकारी दिए ।
उत्पादन हुने बेलामा कृषकले लगाएको तर्वुजामा व्याक्टेरियाको संक्रमण भएको हुन सक्ने कृषि प्राविधिकले अनुमान गरेका छन् । तर्वुजालाई थप जाँचका लागि क्षेत्रीय बाली संरक्षण प्रयोगशाला खजुरामा पठाइएको जिल्ला कृषि विकास कार्यालय बाँकेका बागवानी विकास अधिकृत चतुर्भुज चौधरीले बताए ।