16 May 2024  |   शुक्रबार, जेष्ठ ४, २०८१

बेसार अर्थात् औषधि

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, बैशाख १३, २०७३  

besarअदुवा परिवार अन्तर्गत पर्ने बेसार हरेकको भान्साको शोभा हो । तरकारीमा यसको महत्व सर्बविदितै छ । बेसार बिनाको तरकारी टिका बिनाकी महिला जस्तै देखिन्छ । तरकारीलाई स्वादिलो र हेर्दा समेत आकर्षक बनाउनुका अतिरिक्त बेसारका अनगिन्ति स्वास्थ्य सम्बन्धि फाइदा छन् । रंगका रुपमा समेत उत्तिकै उपयोगी बेसारका लाभ यसप्रकार छन्ः

बेसार आफैमा एन्टिसेप्टिक र एन्टि व्याक्टेरियाजन्य तत्व हो । त्यही भएर काटेको ठाउँमा, जलेको स्थान वा अन्य घाउमा यसको प्रयोग गरिन्छ । सामान्य चोटपछिको घाउमा बेसार दल्ने संस्कार प्रचलित छ ।

चिसो लागेको छ ? सुत्नु अगाडि तातो दुधमा केही चिम्टि बेसार राखेर पिउनुहोस् । एक रातमै तपाईको चिसो भाग्छ ।

बेसारले प्राकृतिक पेन किलर (दुखाई कम गर्ने औषधि)को काम गर्छ ।

बुढेसकालमा लाग्ने अल्जाइमर रोगबाट बच्न र रोगको उपचारको लागि बेसारको प्रयोग हुन्छ ।
तौल घटाउन चहनुहुन्छ । दैनिक केही चिम्टी बेसार राखेर पानी पिउनुहोस् । यसले तौल घटाउन र शरिरको मेटाबोलिजमलाई सशक्त बनाउन सघाउँछ ।

छालासम्बन्धि निश्चित रोगको उपचारमा पनि बेसारको प्रयोग हुन्छ ।

बेसारले मुटु रोग र क्यान्सरबाट बचाउँछ ।

बेसारले डिप्रेसन रोगको औषधीको काम गर्छ ।

नियमित बेसारको धुलो अनुहारमा लगाउँदा अनुहारमा चमक ल्याउनुका साथै चाउरीनबाट बचाउँछ ।

प्रकाशित मितिः सोमवार, बैशाख १३, २०७३     8:57:34 AM  |