16 October 2021  |   शनिबार, अशोज ३०, २०७८

मुख गन्हाउने कारण र कम गर्ने घरेलु उपाय

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, बैशाख १३, २०७३  

TOPSHOTS A man (L) wears a face mask as another visitor covers her mouth during a visit to Tiananmen Square in Beijing on November 5, 2013. China's top negotiator at international climate talks said on November 5 that air pollution in his own country -- the world's biggest carbon emitter -- is harming its citizens.         AFP PHOTO / WANG ZHAO

झट्ट हेर्दा सामान्य देखिएपनि मुखको दुर्गन्धले धेरै मानिसलाई सताईरहेको हुन्छ । यहीकारण साथीभाईबीच मात्र नभई पति पत्नीबीच पनि दूरी उत्पन्न हुन सक्छन्, मानिसलाई लाजमर्नु बनाउछ मुखको दुर्गन्धले । मानिस जतिसुकै सुटेडबुटेड देखिएपनि मुख गन्हाउने भन्ने बित्तिकै उसको व्यक्तित्व निकै तल्लोस्तरमा पुग्न सक्छ । खासै गम्भीर नभएपनि मुख गन्हाउने समस्यामा खानपानका अलावा केही स्वास्थ्य समस्या जिम्मेवार हुन्छन् । तर, यसबाट सजिलै छुट्कारा पाउन सकिन्छ ।

पाचन क्रिया सही नभएपछि मुखबाट दुर्गन्ध आउछ । वास्तवमा हामीले खाने खानाको रस हाम्रो पेटभित्र कुहिन थालेपछि मुखबाट दुर्गन्ध आउन थाल्छ । यसका साथै कब्जियत, पेटमा घाउ, रक्सी सेवन, दाँत तथा गिजाको समस्या भएकाहरुमा मुख गन्हाउने समस्या हुन्छ ।

मुखको दुर्गन्धको समस्याबाट बच्न दैनिक कम्तीमा पनि दुईपटक ब्रस गर्नुपर्छ र जिब्रो सफा राख्नुपर्छ । दाँतको समस्याका कारण मुख गन्हाउने भएकाले नियमित परीक्षण गराउनुपर्छ । एन्टीब्याक्टेरियल तत्व हुने भएकाले ग्रीन टीले पनि मुख गन्हाउने समस्या कम गर्छ । यस्तै, चुरोट सेवन गर्ने मानिसमा पनि मुख गन्हाउने समस्या हुन्छ । यस्तो मानिसले बढी पानी पिउनुपर्छ । मिन्टवाला चुइङगम चपाउन पनि सकिन्छ । तर, चुईङगम सुगरफ्री भए राम्रो हुन्छ ।

केही घरेलु उपाय

अनारको बोक्रा पानीमा उमालेर कुल्ला गर्नाले, सुख्खा धनिया चपाउनाले, तोरीको तेलमा अलिकता नुन मिसार दैनिक एकपटक दाँत तथा गिजाको मालिस गर्नाले पनि दुर्गन्ध कम हुन्छ । यस्तै, तुलसीको चार–पाँच वटा पात दिनहु खाएर पानी पिउनाले, एउटा ल्वाङ मुखमा राखेर चुस्नाले र खाना खाएपछि आधा चम्चा सौंफ चपाउनालेपनि खाना पच्ने र मुख गन्हाउने समस्याबाट छुटकारा मिल्छ । यति गर्दा पनि दुर्गन्ध हट्दैन भने एकपटक चिकित्सकको सल्लाह लिनुपर्छ ।

प्रकाशित मितिः सोमवार, बैशाख १३, २०७३     8:56:28 AM  |