19 April 2024  |   शनिबार, बैशाख ८, २०८१

दश हजार विगाहा जमीन बगर

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, बैशाख ९, २०७३  

कोहलपुर, बैशाख ०९
नेपाल–भारत सीमानामा भारत सरकारले निर्माण गरेको बाँध, तटबन्धले राप्ती नदी र विभिन्न खोलानालाको बहाव रोक्दा बाँकेमा करिब १० हजार विगाह खेतीयोग्य जग्गा बगर बनेको छ । भारतले एकपक्षीय रुपमा निर्माण गरेको लक्ष्मणपुर बाँधका कारण बाँकेको पूर्व दक्षिणमा पर्ने मटेहिया, सोनवर्षा, होलिया, फत्तेपुर र गंगापुरका स्थानीयवासीको करिव १० हजार बिगाह बढी जग्गा राप्ती नदीले कटान र पटान गरेको छ ।
जसका कारण सो जग्गा बगरमा परिणत भएको छ भने सयौँ किसान भूमिहीन भएका
छन् । ती गाविसका अधिकांश किसानहरू ज्यान जोगाउन गाउँ छाडेर गणपति सामुदायिक
वनमा टहरा बनाएर बसेका
छन् ।
जनताको तटबन्ध कार्यक्रमका इन्जिनियर रमेश आचार्यले दीर्घकालीनरूपमा नियन्त्रण गर्न नसक्ने हो भने यसले विकराल रूप लिनसक्ने बताए । कटान र डुबानमा पर्दै आएका पीडितहरूले संघर्ष समिति नै गठन गरेर समस्याको समाधान गर्न बर्षौंदेखि सरकारसँग माग गर्दै आएका
छन् ।
लक्ष्मणपुर बाँधले गरेको डुबान, कटान र पटानबाट पीडित हुँदै आएको बेला भारतले सीमानामा अग्लो बाँध जस्तो सडक बनाएपछि झन अन्य क्षेत्र पनि डुबानमा पर्ने निश्चित भएको छ ।

प्रकाशित मितिः बिहिबार, बैशाख ९, २०७३     9:18:39 AM  |