कोहलपुर, बैशख ८
ग्रिन युथ नेपाल बाँकेले प्लाष्टिक न्यूनिकरणका लागि अभियान थालेको छ । प्लाष्टिकका वस्तुहरु जथाभावी फाल्ने गरेको पाइएपछि त्यसलाई न्यूनिकरण गर्नका लागि ग्रिन युथले अभियान थालेको हो । मंगलबार ‘प्लाष्टिकजन्य वस्तुहरु जथाभावी नफालौं, जैविक विविधता संरक्षणमा सहभागी बनौं’ भन्दै महादेवपुरी ७, जिरोबजारमा साइनबोर्ड लगाइएको छ ।
मंगलबार बाँके निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत लालबहादुर भण्डारीले साइनबोर्डको उद्घाटन गर्दै प्लाष्टिकले वातावरणमा पार्ने असरका बारेमा प्रष्ट पारेका
थिए ।
प्लाष्टिक न्यूनिकरण गर्न जनचेतना जगाउने उद्देश्यले साइन बोर्ड लगाइएको ग्रिन युथ नेपाल बाँके अध्यक्ष चन्द्रकला बस्नेतले जानकारी दिइन् ।
प्रकाशित मिति : २०७३ वैशाख ८ गते बुधबार
प्रतिक्रिया दिनुहोस्