कोहलपुर, बैशाख ७
आगामी बैशाख १६ गते देखि बाँकेको नेपालगञ्ज सुरु हुने यति सिमेन्ट नेपालगञ्ज गोल्ड कप फुटबल प्रतियोगिता २०७३ ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता सुरु हुने भएको छ । बाँके जिल्ला फुटबल संघको आयोजनामा हुन लागेको प्रतियोगिताका बारेमा मंगलबार कोहलुरमा समन्वय बैठक तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै कोहलपुर उद्योग व्यापार संघका अध्यक्ष नरेन्द्र प्रसाद शर्माले नेपालगञ्जमा हुने प्रतियोगिताले कोहलपुरलाई साथमा लिन नसकेको बताए । कार्यक्रममा उद्योग व्यापार संघका पूर्व अध्यक्ष राजेन्द्र श्रेष्ठ, नेपाली काँग्रेस कोहलपुर नगर सचिव भुम बहादुर भण्डारी, नयाँ शक्ति नेपालका जिल्ला संयोजक, क्रिसा अध्यक्ष लक्ष्मी सुवेदी, कोहलपुर नगरविकासका अध्यक्ष लक्षमण राज पौडेल लगायतको उपस्थिति रहेको थियो ।
त्यस्तै प्रतियोतिामा आठ वटा टिमले सहभागिता जनाउने छन् । प्रतियोगितामा प्रथम हुनेलाई एक लाख ५१ हजार र द्वितीय हुनेलाई एक लाख पुरस्कार राशि रहेको बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले जनाएका छन् । साथै प्रतियोतिमा विभिन्न विधाहरुमा उत्कृष्टता हासिल गर्ने खेलाडिहरुलाई पनि पुरस्कृत गरिने उनले बताए । सो प्रतियोगितामा नेपालका छ र भारतका दुई वटा टिमले सहभागिता जनाउने छन् ।
प्रतियोगिताका लागि टिकट दर १०० र विद्यार्थी र अपाङ्ग तर्फ ५० रुपैयाँ तोकिएको आयोजकले जनाएको छ । बैशाख २३ गते सम्पन्न हुने प्रतियोगिता भने दिनको ४ बजेबाट सुरु गरिने आयोजकले जनाएको छ ।
प्रकाशित मिति : २०७३ वैशाख ७ गते मंगलबार
प्रतिक्रिया दिनुहोस्