26 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

भूमध्य सागरमा डुंगा दुर्घटना हुँदा ५ सय जनाको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, बैशाख ७, २०७३  

काठमाडौं, बैशाख ७ । भूमध्य सागरमा आप्रबासी चढेको डुंगा दुर्घटना हुँदा पाँच सय जनाको मृत्यु भएको छ ।

अफ्रिकाका आप्राबासी चढेको डुंगा अत्यधिक भारका कारण डुबेको बताइएको छ । दुर्घटनामा परेका ४१ जना भने बाँच्न सफल भएका छन् ।

लिबियाबाट इटली गइरहेको सो डुंगामा सुडान, इथियोपिया, सोमालिया र इजिप्टका नागरिक रहेको बुझिएको छ ।

गत बर्ष मात्रै लिबियाको लाम्पड्सा द्वीपमा आप्रबासी चढेको डुंगा दुर्घटना हुँदा ८ सय जनाको ज्यान गएको थियो ।

प्रत्येक वर्ष बिभिन्न देशका अवैध आप्राबासी समुद्री मार्ग हुँदै युरोप प्रवेश गर्ने क्रम बढेसँगै डुंगा दुर्घटनाका घटना बढी हुने गरेका छन् ।(एजेन्सी)

प्रकाशित मितिः मङ्लबार, बैशाख ७, २०७३     12:44:30 PM  |