बालापुरमा घरदैलो



कोहलपुर, बैशाख ४
महादेवपुरी ६ बालापुरस्थित जनशक्ति निम्न मावि र पुष्पाञ्जली रेडियो स्रोता क्लबले शुक्रबार भर्ना अभियान अन्तरगत घरदैलो कार्यक्रम गरेको छ । बालबालिकालाई विद्यालय पठाउन अनुरोध गर्दै घरदैलो गरेका हुन् । नयाँ शैक्षिक सत्र शुरु हुन थालेकाले बालबालिकालाई घरमा नराखेर विद्यालय पठाउन अभियान टोलीले आग्रह गरेको थियो । घरदैलो कार्यक्रममा जनशक्ति निमाविका प्रअ मोहन खत्री, ग्रिनयुथ बाँकेकी अध्यक्ष चन्द्रकला बस्नेत लगायतको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७३ वैशाख ४ गते शनिबार