25 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

समुदायमा आधारित अनुकुलन योजना तर्जूमा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, चैत्र २१, २०७२  

कोहलपुर, चैत्र २१
जलवायू परिवर्तनलाई समुदायमा अनुकुलन बनाउनका लागि बाँकेको टीटिहीरीया गाविसमा समुदायमा आधारित अनुकुलन योजना तर्जूमा कार्यक्रम गरिएको छ ।
नेपाल सरकार जनसंख्या तथा वातावरण मन्त्रालय जलवायु परिवर्तन समानुकुलन नमुना कार्यक्रम विकास आयोजनाहरुमा जलवायु परिवर्तन र समुदायमा आधारित अनुकुलन सम्बन्धी तालिमका क्रममा शनिबार बाँकेको टिटिहिरीयामा तालिममा सहभागीहरुलाई तर्जुमा गर्न लगाईएको हो ।
पछिल्लो समय जलवायू परिवर्तनको असर नेपालमा देखिएकाले जलवायू परिवर्तलाई न्यूनिकरण गर्न नसके पनि कसरी समुदायमै कसरी अनुकुलन गर्न सकिन्छ भन्ने विषयमा आफूहरुले टिटिहीरिया गाविसका वडा नम्बर ४ र ५ उक्त योजना कार्यक्रम गरेको सहभागीहरुले बताएका
छन् ।
जलवायु परिवर्तनलाई मुदाउमा अनुकुलनका लागि यो कार्य आवश्यक रहेको सहभागीहरुको भनाइ छ । रुपान्तरण नेपाल , सामुहिक अभियान, गाविस राष्ट्रिय महासंघ र वातावरण पत्रकारसंगको सहकार्यमा भएको उक्त कार्यक्रम सहभागीहरुलाई प्रत्यक्ष रुपमा समुदायमै गएर आफूहरुले अभ्यास गराउने गरेको सामुहिक नेपालका सहजकर्ता दिपक श्रेष्ठले जानकारी
दिए ।
जलवायू परिवर्तनलाई समुदायमा अनुकुलन बनाउनका लागि समुदायमा आधारित अनुकुलन योजना तर्जूमा कार्यक्रम टिटिहिरीया गाविसका वडा नम्बर ४ ,५ ,६ र ८ वडाका स्थानियहरुको सहभागीता रहेको थियो ।
उनीहरुले ३० वर्ष पहिलेको अवस्था र हालको अवस्था, जलवायु परिवर्तनले देखापरेका सम्या लगायतका विषयमा जानकारी दिएका थिए ।

प्रकाशित मितिः आइतवार, चैत्र २१, २०७२     3:30:25 PM  |