कोहलपुर चैत्र २१
नेपाल मै पहिलो प्याज शित भण्डारको शनिबार विधिवत रुपमा शिलान्यास गरिएको छ । बाँकेको उदयपुर स्थित प्याज शित भण्डारको भवन एक कार्यक्रमका बीच कृषि महानिर्देशक युवक ध्वज जिसीले शिलान्यास गरेका हुन् ।
शनिबार शित भण्डारको विधिवत रुपमा शिलान्यास महानिर्देशक जिसीले गरेका
थिए । साना तथा मझौला कृषक आयस्तर बृद्धि आयोजना रिजमएफपीको पुरक अनुदान सहयोगमा संचालित भएको हो ।
शिलान्यास उद्घाटन कार्यक्रममा बोल्दै महानिर्देशक जिसीले जुन हिसावले यस क्षेत्रमा प्याज शित भण्डारको लगानी गरि शुभारम्भ भएको छ त्यसलाई सहि सदुपयोग गर्न उनले आग्रह गरे । यसको मुख्य उद्देश्य उत्पादकलाई प्रोत्साहन गर्ने र प्याजमा जुन किसिमको बाहिरबाट आउने खाडाल रहेको छ त्यसलाई अन्त्य गर्नको लागि शित भण्डारले पर निर्भर गर्ने कुरामा उनको जोड रहेको छ ।
१ करोड २९ लाखको लागतमा निर्मित शित भण्डारमा २ सय मेट्रिक टन प्याज भण्डारण गर्न सकिने क्षमता रहेको सहायक निर्देशक पुष्पराज पौडेलले
बताए । २०७४ भाद्रबाट शितभण्डारको काम थालनी गर्ने बताए । ३ करोड बढीको लागतमा पुर्णरुपले संचालन हुने आयोजक टिमको भनाई छ ।
यस भण्डार निर्माण भैसकेपछि यस क्षेत्रको प्याज किसानहरुको आय बृद्धि गर्नमा धेरै सहयोग पुग्ने बताए । उत्पादनको साथ साथै भण्डारको निर्माणमा जोड दिन आवश्यक रहेको बरिष्ठ कृषि विकास अधिकृत कृष्ण बहादुर बस्नेतले बताए ।
प्रकाशित मिति : २०७२ चैत २१ गते आइतबार
प्रतिक्रिया दिनुहोस्