24 September 2023  |   आइतवार, अशोज ७, २०८०

मुक्त कम्लरीलाई टेलरि· तालिम

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, चैत्र १८, २०७२  

कोहलपुर, चैत्र १८
मुक्त कम्लरीहरुलाई प्राविधीक तालिम अन्तर्गत टेलरिङ्ग (गार्मेन्ट फेब्रिकेशन) तालिम बुधबारदेखि बाँकेको नेपालगन्जमा सुरु गरिएको छ । ३ महिना सम्म सञ्चालन हुने तालिमको घरेलु तथा साना उद्योग कार्यालय नेपालगन्जका प्रमुख कमल प्रसाद घिमिरेले उद्घाटन
गरे ।
गार्मेन्ट तालिमको उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि घिमीरेले अवसरका रुपमा आएको तालिमलाई मुक्त कम्लरीहरुले बढी भन्दा बढी सदुपयोग गर्नु पर्ने बताए । उनले मुक्तकमलरीहरुलाई सहयोग र सहकार्य गर्न आफनो कार्यालय तयार रहेको पनि जानकारी
दिए ।
तालिममा पढाई पुरा गर्न नसकेका र बेरोजगार रहेका पश्चिम नेपालको बाँके, बर्दिया, कैलाली, कञ्चानपुर र दाङ्ग जिल्लाका २० जना मुक्त कम्लरीहरुको सहभागीता रहेको छ । उनीहरुलाई गार्मेन्ट सम्बन्धी सीपहरु सिकाइनेछ । जसमा सपिङ व्याग, स्कूल व्याग, फाइल व्याग लगायत सानाठूला व्यागहरु सिलाउने तथा आउटरहरु समेत तयार पार्ने लगायतका १८ वटा सीपहरु सिकाइने तालिमका प्रशिक्षक विर बहादुर चौधरीले जानकारी गराए । कार्यक्रमको संचालन फकला थारुले गरेका थिए ।

प्रकाशित मितिः बिहिबार, चैत्र १८, २०७२     1:19:32 PM  |