कोहलपुर, चैत्र १७
प्रहरीले निर्दोष ब्यक्तिलाई हतकडी लगाएको बिषयलाइ लिएर बाँकेको सितापुरमा प्रहरी र स्थानीयबासीबिच तनाब भएको छ । लागुऔषधको बिषयलाई लिएर बाँकेको सितापुर २ सि गाँउ स्थित एक रेष्टुरेन्टमा खाजा खाँदै गरेको स्थानीय डोल बहादुर श्रीसलाई सादा पोषाकमा आएका प्रहरीले पक्राउ गरि हतकडी लगाएर गाउँ डुलाउन खोजेपछी स्थानीयबासीहरुले झण्डै २ घण्टा सम्म सादा पोसाकका प्रहरीलाई नियन्त्रणमा समेत लिए ।
प्रहरी चौकी राधापुरका प्रमुख प्रहरी सहायक निरिक्षक बिर बहादुर अधिकारीको नेतृत्वमा आएको सादा पोषाकको प्रहरीले श्रीसलाई नियन्त्रणमा लिएर हतकडी लगाइ गाउँ डुलाउन थालेपछी स्थानीय र प्रहरी बिच तनाब उत्पन्न भएको हो ।
प्रहरीले ३ किलो २ सय ग्राम लागु औषध ब्राउनसुगर सहित परसपुर ५ का जित बहादुर कुर्मिलाइ पक्राउ गरेपछी अनुसन्धानको क्रममा श्रीसलाई नियन्त्रणमा लिएको जनाएको छ ।
तर, पक्राउ परेका कुर्मिले भने आफुले नभनेकै व्यक्तिलाई प्रहरीले पक्राउ गरेर ल्याएको बताएपनि प्रहरीले श्रीसलाई जबरजस्ती ल्याएको बताए ।
प्रकाशित मिति : २०७२ चैत १७ गते बुधबार
प्रतिक्रिया दिनुहोस्