योजना तर्जुमा तालिम शुरु



कोहलपुर, चैत्र १७
नेपालगन्जमा जलवायु परिवर्तन र समुदायमा आधारित अनुकुलन योजना तर्जुमा तालिम सुरु भएको छ । नेपाल सरकार जनसंख्या तथा वातावरण मन्त्रालय जलवायु परिवर्तन समानुकुलन नमुना कार्यक्रम विकास आयोजनाहरुमा जलवायु परिवर्तन र समुदायमा आधारित अनुकुलन सम्बन्धी ६ दिने तालिम नेपालगन्जमा सुरु भएको हो ।
रुपान्तरण नेपाल, सामुहिक अभियान , गाविस राष्ट्रिय महासंघ र वातावरण पत्रकारसंगको सहकार्यमा मंगलबार देखि सुरु तालिममा जिल्लाका विभिन्न सरकारी कार्यालयका अधिकृत स्तरका कर्मचारी तथा पत्रकारको सहभागीता रहेको छ ।
तालिममा जलवायु परिवर्तनलाई समुदायमा कसरी अनुकुलन गर्न सकिन्छ भन्ने विषयमा तालिम केन्द्रित रहने सामुहिक नेपालका दिपक श्रेष्ठले जानकारी दिए । ६ दिन सम्म चल्ने तालिममा जलवायु परिवर्तन र अनुकुलन योजना सम्बनधी शब्दावलीहरु, जलवायु परिवर्तनको असरहरु, संकटान्नताका कार्यहरु, न्यूनीकरण तथा अनुकुलन लगायतका विषयहरुमा तालिम केन्द्रित रहने भएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७२ चैत १७ गते बुधबार