डोनाल्ड ट्रम्प पुनः विवादमा



काठमाडौं, चैत १७ ।  अमेरिकी राष्ट्रपतिको उम्मेदवारको दौडमा रहेका डोनाल्ड ट्रम्प पुनः विवादमा तानिएका छन् ।

गत मार्च ८ मा भएको चुनावी र्‍यालीका क्रममा भेला भएका महिला पत्रकारमाथि उनका मुख्य सहयोगीले दुव्र्यवहार गरेपछि ट्रम्प पुनः विवादमा तानिएका हुन् ।

महिला पत्रकार मिसेललेट्रम्पलाई प्रश्न सोध्न अघि बढ्दा उनका चुनावी अभियन्ता कोरे लेवान्डोस्कीले पाखुरामा समाति धकेलेको र ट्रम्पलाई प्रश्न सोध्न रोेकेको दृष्य सार्वजनिक भएपछि ट्रम्प समेत आलोचित भएका हुन् ।

यस घटनाले ट्रम्पको चुनाव प्रचार प्रसारमा नै असर पुगेको छ । आगामी पाँच अप्रिलमा विस्कन्सिनमा हुने प्रारम्भिक चरणको चुनावमा असर पर्ने विश्लेषण गरिएको छ । जहाँ ट्रम्प र टेड क्रुजबीच कडा प्रतिस्पर्धा हुँदैछ ।

यसैबीच अमेरिकी राष्ट्रपति बाराक ओबामाले ट्रम्पको चुनाव प्रचार प्रसारमा सञ्चारमाध्यमले साथ दिएकाले उनी सफलताको बाटोमा अघी बढेको बताएका छन् ।

उनले ट्रम्पप्रति संकेत गर्दै कुनै पनि ब्यक्तिलाई माइक्रोफोन उपलब्ध गराउनु ठूलो कुरा नभए पनि देशको राजनीतिक माहोलमा हुने उतारचढावमा पत्रकारको मुख्य भूमिका रहने भन्दै सञ्चारमाध्यमा गरिएको अरबौं लगानीको इज्जत राख्न पत्रकारहरुलाई सुझाव दिए । (एजेन्सी)

  • No tags available
प्रकाशित मिति : २०७२ चैत १७ गते बुधबार