1 May 2024  |   बिहिबार, बैशाख २०, २०८१

लोकतन्त्रको संस्थागत विकासकालागि नयाँ शक्तिः डा. बाबुराम

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, चैत्र १६, २०७२  

कोहलपुर, चैत्र १५
नयाँ शक्ति नेपालका केन्द्रीय संयोजक डा. बाबुराम भट्टराईले लोकतन्त्रको संस्थागत विकास गर्नका लागि नयाँ शक्ति नेपालको निर्माण भएको बताएका छन् । मंगलबार कोहलपुरमा भएको एक विमर्श कार्यक्रममा भट्टराईले नयाँ शक्ति नेतृत्वमा आएको दशवर्षभित्र गरिबी र बेरोजगारी अन्त्य हुने बताएका छन् । ‘मलाई गरिब देशको प्रधानमन्त्री भएर मर्न मन छैन’ उनले भने ‘आर्थिक विकास र समतामुलक समृद्धिका लागि नै नयाँ शक्तिको उदय भएको हो ।’ नयाँ शक्ति सुशासन र सदाचारको पक्षमा रहेको बताउँदै उनले नयाँ शत्तिका नेताहरुलाई भ्रष्टाचारको आरोप लाग्नै वित्तिकै निलम्बन गर्ने बताएका छन् । ‘भ्रष्टाचारको आरोप लागे निलम्बन गरिन्छ’ उनले भने ‘भ्रष्टाचारी भएको प्रमाणित भए पार्टीबाट निष्काशन गरिनेछ ।’ साथै उनले नयाँ शक्तिका नेताहरु सबैको सम्पत्ती विवरण सार्वजनिक गर्ने बताएका छन् । नयाँ शक्तिले वर्षको २ पटक मात्रै चन्दा उठाउने उनले बताए । बैशाख १ देखि १५ र कार्तिक १ देखि १५ गतेसम्म मात्रै चन्दा उठाइने बताउँदै पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले आर्थिक पाटो पारदर्शी बनाउन दश हजारदेखि माथि चेकमार्फत सहयोग लिने बताएका छन् । नयाँ शक्ति कुनै पार्टीको परिवर्तिन रुप नभइ माक्र्सवादकै जगमा टेकेर नयाँ विचारको विकास गरिने उनले उल्लेख गरे । पूर्वप्रधानमन्त्री भट्टराईले चिन र भारत दुबै देशसँगको सम्बन्धलाई सुदृढ बनाउँदै लाभ लिन सक्नुपर्ने धारणा राखे । नयाँ शक्ति नेपाल बाँकेको आयोजनामा भएको ‘नयाँ शक्तिको ऐतिहासिक आवश्यकता’ विषयक एक विमर्श कार्यक्रममा नयाँ शत्तिका प्रचार विभाग प्रमुख मुमाराम खनाल अन्य नयाँ शक्ति अभियन्ताहरु डा. सुरेन्द्र चौधरी, पासाङ्ग शेर्पा लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः मङ्लबार, चैत्र १६, २०७२     5:00:32 PM  |